धरान । भोजपुरको रामप्रसादराई गाउँपालिका ५ स्थित मानेभन्ञ्याङ सडक खण्डमा ट्रयाक्टर दुर्घटनाहुदाँ १ जनाको मृत्यु भएको छ ।
मगंलबार राती १० बजे भोजपुरबाट ईटा बोकी बासीखोरा तर्फ जाँदै गरेको प्रदेश १ ०२ ००३ त २२४९ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई सडकबाट २०० मिटर तल झरी दुर्घटना हुदा रामप्रसादराई ७ का २० बर्षीय जेबि राई गम्भिर घाईते भएको भनि ईलाका प्रहरी कार्यालय घोडेटारमा खबर प्राप्त हुनसाथ प्रहरी टोली खटि गई घाईतेलाई जिल्ला अस्पताल भोजपुर पठाईएकोमा उपचार हुन नसकि डाक्टरले मृत घोषणा गरेको हो।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।