निर्वाचनलाई उत्साहप्रद बनाउन दलहरुले जनाए प्रतिबद्धता

  • चैत ३०, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । जति जति स्थानीय तहको निर्वाचनको मिति नजिकिएदै जाँदैछ त्यति दलहरु निर्वाचनको तयारीमा जुट्न थालेका छन् । निर्वाचनलाई पूर्ण रुपमा सफलताका साथ सम्पन्न गर्न र मत आफ्नो तर्फ पार्न उनीहरु अहिलेदेखि नै उत्साहित बनेका छन् ।

उनीहरुले स्थानीय तहको वैसाख ३० गते हुने निर्वाचनलाई शान्तिपूर्ण, उत्साहजनक जनसहभागिता र व्यवस्थित रूपमा सम्पन्न गर्न सहयोगी र सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता गरेका छन् ।

संवाद समूह झापाको संयोजनमा मंगलबार बिर्तामोडमा भएको झापाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूबीचको बैठकमा स्थानीय तह निर्वाचनलाई सफल बनाउनका लागि दलहरूले खेल्नुपर्ने भूमिकाका बारेमा विस्तृत छलफल भएको थियो ।

स्थानीय तहको निर्वाचनलाई सफल बनाउन दलहरूको भूमिकाका विषयमा के कस्तो रोल खेल्न सकिन्छ भन्ने विषयमा छलफलपछि निस्केको कुरामा उनीहरुले प्रतिबद्धता जनाएका थिए । छलफलमा सहभागी १२ राजनीतिक दलका नेता तथा प्रतिनिधिले विभिन्न सात बुँदे साझा प्रतिबद्धता घोषणा गरेका छन् । छलफलमा निर्वाचनका लागि घोषणापत्र तयारीबारे दलका नेताहरूले जानकारी गराएका थिए भने समेटिनुपर्ने विषयबारे प्रतिबद्धता जनाएका हुन् ।

नेकपा एमाले झापा अध्यक्ष तथा संविधानसभा सदस्य दीपक कार्की, नेपाली काँग्रेस झापाका सभापति देउमान थेबे, नेकपा माओवादी केन्द्र झापाका संयोजक अग्नि आचार्य, नेकपा एकीकृत समाजवादी झापाका जिल्ला सदस्य श्री सिटौला, जनता समाजवादी पार्टी झापाका अध्यक्ष दिपेन वाला राईले निर्वाचन आचारसंहिता पूर्ण पालनामा प्रतिबद्धता जनाएका थिए ।

झापाका दलहरुले निर्वाचत लोकतान्त्रिक प्रणाली भएकोले यसलाई सफल बनाएर देशलाई अनिर्णयको बन्दीबाट मुक्त गराउनुपर्ने धारणा राखेका थिए । उनीहरुले नेतृत्वबाट आचारसंहिता उल्लङ्घन नहुने विश्वास समेत दिलाएका थिए ।

भोजपुरको चुलाचुली गु ...

भोजपुर/ भोजपुर जिल्लाको रामप्रसादराई गाउँपालिका&nd ...

पाँचथर–ताप्लेजुङ सडक ...

पाँचथर/ तमोर करिडोरअन्तर्गत पाँचथर–ताप्लेजुङ सडकख ...

मादक पदार्थ सेवनपछि ...

इटहरी/सुनसरीको रामधूनी नगरपालिका–५ मा बिहीबार रात ...

ट्याङ्करको ठक्करबाट ...

विराटनगर/ मोरङको उर्लाबारीमा ट्याङ्करको ठक्करबाट ग ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved