धनकुटामा हावाहुरीले घरमा क्षति

  • चैत २८, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt - फाइल तस्बिर

धरान । आइतबार आएको हावाहुरीले धनकुटामा ५ घरधुरीमा क्षति पु¥याएको छ ।

जिल्ला प्रशासन कार्यालय धनकुटाका अनुसार हावाहुरीले धनकुटा नगरपालिका ८ सान्ताङ र वडा नं. ९ का घरहरुमा क्षति पुगेको हो । हावाहुरीका कारण घरहरु पूर्ण क्षति भएका छन् । हावाहुरीबाट भएको क्षतिको यकिन गर्न सकिएको छैन ।

क्षति भएका घरको उद्धारमा जनपथ प्रहरी, सशस्त्र प्रहरीको टोली लागेकोे सहायक प्रमुख जिल्ला अधिकारी राम नारायण श्रेष्ठले जानकारी दिए । उनले भने, ‘घटनामा कति क्षति भयो भन्ने कुरा अहिले एकिन हुन सकेको छैन, घटनास्थलमा प्रहरी, सशस्त्र प्रहरीको टोली खटाइएका छन् ।’ उनका अनुसार हावाहुरीले कुनै मानवीय क्षति भने भएको छैन । यता प्रहरीले भने १० लाख भन्दा बढीको क्षति भएको हुनसक्ने अनुमान गरेको छ । धनकुटा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक काशीनाथ रेग्मीले प्रारम्भिक विवरणमा १० लाख बराबरको क्षति भएको अनुमान छ, क्षतिको एकिन विवरण नआइसकेकोले यो बढ्न सक्ने बताए ।

 

 

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved