धरान । पाँचथरको हिलिहाङ गाउँपालिका ७ स्थित मेची राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा चालक पाँचथर फालेलुङ गाँउपालिका १ का २७ बर्षीय प्रेम कुमार गौली रहेका छन् ।
शनिबार राती पौने ९ बजे ताप्लेजुङबाट फिदिम तर्फ आउदै गरेको ना २ख ८३१६ नम्वरको ट्रक अनियन्त्रित भई सडकको भित्तामा ठक्कर लागि सडकमा पल्टी दुर्घटना हुँदा ट्रकले च्यापिई गौलीको घटना स्थलमा नै मृत्यु भएको हो ।
घटना स्थलमा तत्काल जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोली खटि ट्रकलाई जेसिविको सहयोगमा उठाई मृतक लाशको कानुनि प्रकृया पुरा गरी पोष्टमार्टमको लागि जिल्ला अस्पताल पाँचथर पठाएको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।