धरान । झापाको हल्दिबारी गाउँपालिका २ पशुपति चोक स्थितमा करेन्ट लागि एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका ५ का ४८ बर्षीय बिक्रम तामाङ रहेका छन् ।
बुधबार बिहान सवा ७ बजे कन्चन निर्माण सेवाको बा.१ ज ७७४७ नम्वरको टिफरबाट गिट्टी अनलोड गर्ने क्रममा टिफरले बिधुतको तारमा छुँदा करेन्ट प्रवाह भई टिफर चालक तामाङ घाईते भएकोमा तत्काल उपचारको लागि बि एण्ड सि अस्पताल बिर्तामोड लगिएकोमा अस्पतालमा पुर्याउनासाथ डाक्टरले मृत घोषणा गरेको हो ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।