अनेरास्ववियु मोरङमा तुलसी घिमिरे

  • चैत १७, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । नेकपा एमालेको भातृसंगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मोरङको अध्यक्षमा तुलसी घिमिरे चयन भएका छन् ।

विराटनगरमा गत पौष १६ र १७ गते भएको २३ औं जिल्ला अधिवेशनले सदस्यहरुको टुङ्गो लगाएर स्थगित भएको जिल्ला कमिटीले बुधबार पूर्णता पाएको हो । बुधबार जिल्ला पार्टी कार्यालयमा बसेको जिल्ला कमिटिको पूर्ण बैठकले घिमिरेलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । पार्टी कार्यालयमा अनेरास्ववियुको केन्द्रीय उपमहासचिव भाष्कर खनालको अध्यक्षतामा बसेको बैठकले अध्यक्ष सहित अन्य पदाधीकारीहरुको टुङ्गो लगाएको हो ।

बैठकले उपाध्यक्षमा रुपेश खड्का, हेमन सुब्बा, सचिव विरेन्द्र घिमिरे, सहसचिवहरुमा नविन पहाडी, संगम कान्दवा, सागर थापा, अनिशा गिरि र कोषाध्यक्षमा सरु गुरागाईलाई चयन गरेको छ ।

त्यस्तै, २३ औं जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला सदस्य तथा नवनिर्वाचित पदाधीकारीहरुलाई केन्द्रीय उपमहासचिव भाष्कर खनालले पद तथा गोपनियताको सपथ खुवाएका थिए ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष घिमिरेले ऐतिहासिक महत्व बोकेको यस संगठनलाई सबैलाई समेटर गतिशिल बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष ऋषीकेश पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य गोकर्ण घिमिरे, आरती भट्टराई केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज अनिल कार्की सह इन्चार्ज सन्तोष घिमिरेको उपस्थिति रहेको थियो ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved