धरान इटहरी सडक : धुलोले स्वास्थ्यमा गम्भिर समस्या

  • चैत १७, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । सडक निर्माणका कारण धरानदेखि तरहरासम्मको बाटोमा सवारी दुर्घटनाको जोखिम बढ्दै गएको छ ।

मोरङको विराटनगरदेखि संखुवासभाको किमाथांका जोड्ने ६ लेनको बाटो निर्माणको गर्ने क्रममा धरान इटहरी खण्डको चारकोशे झाडीमा निर्माण ढिलाई हुँदा जोखिम पनि बढ्दै गएको हो । कोशी राजमार्ग बिस्तार गर्ने क्रम चलिरहेको छ तर सवारीको चापलाई व्यवस्थापन गर्न नसक्दा दुर्घटनाको जोखिम बढ्दै गएको हो । राजमार्गमा दैनिक सयौंको संख्यामा ठुला तथा साना सवारी साधन चल्ने गर्दछन् । सुख्खा मौसममा सवारी साधनले उडाएको धुलोका कारण सवारी चालकले बाटो नै देख्दैनन् । बर्षाद्मा हिलोले सावरी साधन डुब्ने र सुख्खा मौसममा धुलोका कारण बाटो ठम्याउन नसक्ने अवश्था रहेको छ ।

बुधबार धरानका नेत्र थापा बरगाछीमा आइपुग्दा शरीरभरि नै धुलो टासिएर चिन्नै नसक्ने अवस्थामा बरगाछीमा भेटिएका थिए । विराटनगर पुगेर आएका उनी इटहरीसम्म आइपुग्दा सहज ढंगले आए पनि इटहरी कटेपछि उडेको धुलोले उनलाई समस्या बनायो । सफा कपडा लगाएर गएका उनी धरान आइपुग्दा उनको अवस्था हेरिसक्नु थिएन ।

उनले धुलोकै कारण सुख्खा खोकी लाग्ने समस्या भएको बताए । लगातार खोकी लागेपछि मेडिकलबाट औषधि किनेर खानुपर्ने अवस्था आएको उनको भनाई छ । उनी भन्छन्, ‘सडक निर्माण हुनु राम्रो हो, तर निर्माणका क्रममा व्यवस्थापन राम्रो भएन । समय समयमा निर्माणाधीन सडकमा पानी हाल्ने व्यवस्था भइदिए अहिले मेरो हालत यस्तो हुने थिएन ।’

धरान १५ का सुमन राई धरान इटहरीको बाटो कहिल्यै हिड्दैनन् । मोटरसाइकल लिएर त्यो बाटो हिड्दा चिन्नै नसकिने अवस्था आउने र धुलोका कारण खोकी लाग्ने समस्या देखिएपछि उनी त्यो बाटो अहिले हिड्नै छाड्ेका छन् । उनी भन्छन्, ‘सडक निर्माणका कारण अगाडिबाट आएको सवारी साधन केही देखिदैन, बाटो कताबाट छ भन्ने ठम्याउनै गाह«ो हुन्छ, पर्खेर जादा जिउभरि धुलो हुन्छ, समस्या नै समस्या भएपछि केराबारीको बाटोे हुदै खोर्साने निस्किएर पूर्व जाने गर्र्छु ।’

सवारी दुर्घटनाको एउटा कारक मध्ये सडकको अवस्थामा खराब रहनु पनि हो, त्यसैले े विराटनगर–इटहरी–तरहरा सडक खण्डलाई दुर्घटनाको उच्च जोखिममा रहेको प्रदेश एक ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । ‘सडकले गर्दा सवारीचालक र पैदलयात्री दुवैले समस्या भोग्नुपरिरहेको ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रवक्ता सुमन तिम्सिनाले बताए । उनले भने, ‘सरसउँदो मान्छे सडकले गर्दा जतिसुकै बेला दुर्घटना र जोखिममा पर्नुपरेको छ ।’ धुलोका कारण त्यहा समस्या उत्पन्न भएको उनको भनाई छ ।

‘सडक निर्माणकै कारण बर्षाद्मा पानी परेको बेला त झन समस्या हुने गरेको विराटनगर–धरान रुटमा चल्ने ना ५ ख १८९१ का गाडी चालक निर्मल मगर बताउछन् । उनले भने, ‘पानी नपर्दा पनि सवारीसाधनको चाप अत्याधिक हुँदा धुलोले समस्या हुने गरेको छ ।’
सडककै कारण यस क्षेत्रमा दुर्घटनाको जोखिम त छँदैछ स्वास्थ्यको हिसाबले समेत धुलो बाटोले समस्या ल्याउने चिकित्सकहरु

बताउँछन् । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका बालरोग विशेषज्ञ डा. अरुण सिंहले धुलोका कारण श्वासप्रश्वासमा समस्या आउने, आँखामा समस्या आउने, आँखा रातो हुने, फोक्सोको समस्या भएकाहरुलाई दम, खोकी लगायतका समस्या देखिन सक्ने बताए । उनले भने, ‘धुलोका कारण स्वास्थ्यमा धेरै असर हुन्छ, यसका लागि आफै सावधान भएर हिड्न सके धुलोको असरबाट बन्छ सकिन्छ ।’

उनले धुलो सडकमा हिड्दा माक्सको प्रयोग गर्ने, आखाँमा चश्मा लगाउने, जिउ मजाले छोप्ने गरी कपडा लगाउने लगायतका सावधानी अपनाउनु पर्ने उनको भनाई छ ।

धरानबाट इटहरी आउँदै ...

इटहरी/धरानबाट इटहरीतर्फ आउँदै गरेका दम्पती सवार मोटरसाइ ...

एसियन हाइवे:काँकडभिट ...

सुनसरी/  एसियन हाइवे अन्तरगत पर्ने काँकडभिट्ट ...

‘मेरो डान्स युनिभर्स ...

 धरान । धरानकी नृत्य कलाकार इचिङ्ग्सा लिम्बु राष्ट ...

तरहराको जंगलमा आलु ...

विराटनगर । सुनसरीको इटहरीबाट तरकारी लोड गरिएको ट्रकमा ठ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved