प्रेस युनियन रामधुनीमा बिनोद आचार्य

  • चैत ९, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । प्रेस युनियन सुनसरीले रामधुनीको कार्यसमितिलाई पूर्णता दिएको छ । सोमबार नेपानी कांग्रेस रामधुनीको पाटी कार्यालयमा बसेको बैठकले रामधुनी समितिलाई पूर्णता दिइएको हो ।

समितिको संयोजकमा बिनोद आचार्य चयन भएका छन् । यस्तै सह संयोजकमा सुमन भट्टराई, सचिवमा हेमन्त चौधरी, सहसचिवमा सरोज राउत र कोषाध्यक्षमा होम कुमारी चौधरी चयन भएका छन् ।

त्यसै गरि सदस्यहरूमा मानिस चौधरी, मान्यता साह, कृष्ण सरदार, रेनु राई, हिना चौधरी, संगीत चौधरी, भुपाल खतिवडा, निसान राइ, ज्योती पोखरेल, बिजय राई, एलएन गच्छदार र रविन राउत चयन भएका छन् । सल्लाहकारमा राम कुमार कटुवाल, सुनिल चौधरी, धिरेन्द्र चौधरी, कमला चौधरी, रामन्द चौधरी चयन भएका छन् ।

कार्यसमितिलाई पूर्णता दिने क्रममा युनियन सुनसरीका सभापति पवन अधिकारीले प्रेस युनियन सुनसरीले पत्रकारका हक हितमा गरेको कामको स्मरण गर्दै युनियनलाई मजबुत बनाउनका लागि पर्न निर्देशन दिए । प्रेस युनियन सुनसरीले सञ्चारकर्मीका लागि दुर्घटना बिमा, कोरोना बिमा, सञ्चारकर्मीको निःशुल्क आँखा तथा कान परीक्षण सञ्चारकर्मीका लागि क्षमता अभिवृद्धि तालिम लगायत गर्दै आएको छ ।

कार्यक्रमका प्रमुख अतिथी नेपानी कांग्रेस रामधुनीका सभापति सुदिप अधिकारीले प्रेस युनियन रामधुनीलाई पाटीले गर्ने सहयोग र सहकार्यमा कुनै पनि कमि नहुने बताए । पत्रकारहरु राष्ट्रको चौथो अङ्ग भएकाले स्थानीय स्तरमा हुने गरेको विभिन्न प्रकारको गतिबिधीलाई निगरानी गरि समाचार लेखन आग्रह समेत गरे ।

कार्यक्रममा नेपाली कांग्रेस रामधुनी कार्यसमितीका सचिव महेस कुमार चौधरी, वडा नम्बर १ का वडा सदस्य देबराज पोखरेल, प्रेस युनियन सुनसरीका उपध्यक्ष सन्जिव वाग्ले, जिल्ला सदस्य बिबेक बिबस रेग्मी लगायतको उपस्तिथि रहेको थियो ।

वराहक्षेत्रमा एकीकृत ...

चक्रघट्टि/ वराहक्षेत्र नगरपालिकामा आधारभूत तह (कक् ...

धरानमा प्रधानमन्त्री ...

धरान/ प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत धरान उप ...

कोरियाबाट फर्केर लाख ...

भोजपुर/  वैदेशिक रोजगारी छाडेर भोजपुरका रेवती ...

तीन शीर्ष नेताको बैठ ...

काठमाडौं/ समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved