विपद न्यूनिकरणको पूर्व तयारी बैठक सम्पन्न

  • चैत ९, २०७८
  • "पारस सुवेदी"
alt

धरान । सुनसरीको इटहरीमा विपद जोखिम न्यूनिकरण तथा पूर्व तयारीका लागी प्रदेश स्तरीय छलफल तथा अन्तरकृया सम्पन्न भएको छ ।

स्थानीय सरकार, प्रदेश सरकारका मन्त्री, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका सरोकारवाला निकायका बिच सम्पन्न भएको छलफल तथा अन्तरकृयामा जोखिम न्यूनिकरणका विषयमा छलफल भएको हो । प्रदेश १ मा पनि डुबानको हिसाबले सबै भन्दा जोखिम रहेको सुनसरी लगायतका जिल्लाहरूमा विपद र त्यसको न्यूनिकरणका लागी छलफल भएको थियो ।

विपद जोखिम न्यूनिकरण तथा पूर्व तयारीका लागी प्रदेश स्तरीय बहुसरोकारवाला प्लेटफर्म निर्माण तथा परिचालन सम्बन्धी समन्वय बैठकमा उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीम बहादुर पौडेलले इटहरी डुबानमा स्थानीय सरकारले काम गरेको तर प्रभावकारी नभएको बताए । कार्यक्रममा सुनसरी जिल्ला फुटबल संघका कोषाध्यक्ष कोविद जंग कार्कीले हरेक क्षेत्रलाई जोखिमबाट बचाउन पर्याप्त स्रोत साधनका साथै परिचालनका लागि दक्ष कर्मचारी आवश्यक पर्ने बताए । प्रदेशमा हने सम्भावित जोखिम र त्यसको न्युनिकरणका लागी सशस्त्र प्रहरीको भूमिका अब्बल भएपनि उनिहरुलाई सहयोग पुर्‍याउन सबै क्षेत्रबाट लाग्नुपर्ने पनि कार्कीले बताए ।

प्रदेश १ का विभिन्न क्षेत्रमा विपद र त्यसले पु¥याएको भौतिक तथा मानविय जोखिमका लागी बेलैमा ध्यान दिएर जोखिम क्षेत्रको निरीक्षण गर्दै अगाडी बढ्न समेत कार्यक्रममा सहभागीहरुले सुझाव दिएका छन् । कार्यक्रममा प्रदेश १ का विभिन्न जिल्लाबाट प्रतिनिधिहरूको सहभागिता रहेको थियो भने युवा विकास केन्द्र इटहरीको आयोजनामा भएको थियो ।

धरानमा प्रधानमन्त्री ...

धरान/ प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत धरान उप ...

कोरियाबाट फर्केर लाख ...

भोजपुर/  वैदेशिक रोजगारी छाडेर भोजपुरका रेवती ...

तीन शीर्ष नेताको बैठ ...

काठमाडौं/ समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधा ...

उदयपुरमा प्रेमी–प्रे ...

उदयपुर/ उदयपुरको चौदण्डीगढी नगरपालिका–४ अमलच ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved