धरान । प्रधानमन्त्री शेरवहादुर देउवाले सरकार स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा गर्ने पक्षमा रहेको वताएका छन । उनले सरकार निर्वाचन सार्ने पक्षमा नरहेको स्पष्ट पारेका हुन् ।
मोरङको सुन्दरहरैचा नगरपालिकाको प्रशासकिय भवन शिलान्यास कार्यक्रमका प्रमुख अतिथी प्रधानमन्त्री देउवाले सरकार निर्वाचन आयोगले तोकेको समयमा सार्ने मनसायमा नरहेको वताएका हुन । प्रधानमन्त्री देउवाले निर्वाचन गर्ने काम निर्वाचन आयोगको भएको र निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति तय गरिसकेकाले सवै निर्वाचनलाई निष्पक्ष र धादलीरहित सम्पन्न गर्न जुटनु पर्नेमा जोड दिए । उनले सरकार निर्वाचन सार्ने मनसायमा नरहेको भन्दै टाइमै निर्वाचन हुने विश्वास दिलाउन चाहन्छु भने ।
सोही कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले हिजो मोरङको लेटागंमा महिला सुरक्षाकर्मीलाई सांघातिक आक्रमण गरी हत्या गरिएको विषयमा सरकारले आवश्यक छानविन गरी दोषीलाई कडा कारवाही गर्ने समेत जानकारी गराए । यस अघि ३५ शैयाको वडा नम्बरमा निर्माण सम्पन्न सुन्दरहरैचा नगर अस्पतालको नव निर्मित समुद्घघाटन गरेका थिए । कार्यक्रममा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले नगरपालिकाले गरेका विकास निर्माणका विषयमा जानकारी गराएको थिए । सोही कार्यक्रममा पुर्व मन्त्री भानुभक्त ढकाल , राष्ट्रिय सभाका सदस्यद्धय रमेशजगं रायमाझी , गोपी आछामी र सुन्दरहरैचा नगरपालिकाका पकी उपप्रमुख धनमाया तामाङले पनि बोलेका थिए ।