आज ओली इलाममा

  • चैत ६, २०७८
  • " भगीरथ भण्डारी"
alt

धरान । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओली पहिलो पटक इलामको सूर्योदय नगरपालिका आउने भएका छन् । ६ चैतमा आयोजना गरिएको बृहत् जनसभालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली आउने भएका हुन् ।

ओलीसँगै एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ जनसभालाई सम्बोधन गर्नेछन् । ओलीले अहिलेसम्म इलामको निर्वाचन क्षेत्र नम्बर १ मा भएको कार्यक्रममा सहभागी भएका छैनन् । ‘उहाँले अहिलेसम्म कुनै पनि हैसियतमा यो क्षेत्रको कार्यक्रममा सहभागी हुनु भएको छैन’, नेकपा एमाले इलामका अध्यक्ष महेश बस्नेतले भने,‘चैत ६ गते पहिलो पटक आउन लाग्नु भएको हो ।’

इलामको निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट झलनाथ खनाल विजयी भएका थिए । खनाल नेकपा एकीकृत समाजवादी पार्टीमा लागेपछि एमालेले सूर्योदयमा जनसभाको आयोजना गर्न लागेको हो । खनालले एमाले छाडे पनि सूर्योदयमा नेकपा एमाले कमजोर नभएको एमाले अध्यक्ष बस्नेतको दाबी छ । ‘इलामको क्षेत्र नम्बर १ एमालेले जितेको क्षेत्र हो, हामी अहिले पनि यहाँको पहिलो पार्टी हौ’, अध्यक्ष बस्नेतले भने,‘को कत्रो छ भन्ने कुरा वैशाख ३० मा थाहा भइहाल्छ ।’ पार्टीको नीति बिचार कार्यक्रमलाई आम जनतासम्म पुर्याउनको लागि जनसभाको आयोजना गरेको एमाले जनाएको छ । ‘अध्यक्ष ओली आउने भएपछि यहाँका नागरिक पनि उत्साहित छन्, कार्यक्रमको माहोल पनि बनेको छ’, अध्यक्ष बस्नेतले भने,‘कार्यक्रमले यहाँको विकास र सम्बृद्धिको लागि अध्यक्षको ध्यानाकर्षण पनि हुन्छ ।’

नेकपा एमाले सूर्योदय नगर कमिटीको आयोजना तथा जिल्ला कमिटीको व्यवस्थापनमा हुने जनसभाको तयारी तीव्र रूपमा भइरहेको सूर्योदय नगर कमिटीकी अध्यक्ष दुर्गा देवी भट्टराईले जानकारी दिइन । ‘हामीले विभिन्न नौ वटा उपसमिति बनाएर तयारी गरिरहेका छौ, प्रचार प्रसारको काम तीव्र छ’, भट्टराईले भनिन्,‘स्वागत द्वार मञ्च निर्माणको काम पनि हुँदैछ ।’ फिक्कल चोक बजारमा आयोजना गरिएको जनसभामा १० हजार भन्दा बढी अगुवा कार्यकर्ता, शुभेच्छुक र सर्वसाधारण सहभागी हुने आयोजकको अपेक्षा छ । चोक बजारमा कार्यक्रमको आयोजना हुने भएकाले सवारी साधनहरूलाई वैकल्पिक बाटोको प्रयोग गराइने भएको छ । त्यस्तै कार्यक्रममा मानिसहरूको चाप हुने भएकाले मञ्च बाहेक अन्य दुई स्थानमा डिस्प्ले राखिने भएको छ । कार्यक्रम पनि छोटोमा सम्पन्न गर्ने आयोजकको तयारी छ । जनसभामा अध्यक्ष ओली सहित नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले सम्बोधन गर्नेछन् । कार्यक्रममा एमालेमा प्रवेश गर्न चाहानेहरुले अध्यक्ष ओलीले पार्टीमा स्वागत गर्ने छन् ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved