धरान । महालक्ष्मी नगरपालिकाका सर्वसाधारण सोचभन्दा बढी आम्दानी हुन भएपनि कृषि पेशामै रमाउन थालेका छन् । कृषि पेशाबाट परिश्रम गरे अनुसारको फल मिल्ने र मनग्गे आम्दानी हुने भएपछि उनीहरु कृषि पेशामा रमाएका हुन् ।
यहाका सर्वसाधार तरकारी खेतीसँगै पशुपालन व्यवसाय कृषकको दरिलो आम्दानी बनेकै कारण मुख्य पेशाको रुपमा कृषि पेशालाई अंगाल्दै आएका छन् ।
महालक्ष्मी नगरपालिका १ घुमाउनेका कृषकहरुको मुख्य आम्दानीको स्रोत तरकारी तथा पशुपालन व्यवसाय बनेको छ ।
सरकारी कर्मचारीदेखि लिएर वडा अध्यक्ष समेत तरकारी खेती तथा पशुपालन व्यवसायमा संलग्न हुन थालेको छन् । महालक्ष्मी नगपालिकाका १ का राम गुरुङ चार वर्ष ससस्त्र प्रहरीमा काम गरेर पनि उनी अहिले सौरा ब्रदर्श अग्रो कम्पनी नामक कृषी फर्मा सञ्चालन गरिरहका छन् । उनले भतिज मिलन गुरुङ दुई वर्ष कतार बसेर आएपछि फर्म सञ्चालन गरेको बताउँछन् । उनी भन्छन्–‘तरकारी खेतीबाट राम्रो आम्दानी भएकोले भतिजले वैदेशिक रोजगार छोडेर कृषि फर्म शुरु गरेको हो ।’ उनले फर्ममा विभिन्न कृषिजन्य सामाग्रीसँगै, बंगुर, कुखुरा तथा बाख्रा पालन समेत गरेका छन् । उनले भने–‘यहाँको मुख्य तरकारी खेतीमा आलु र बन्दा रहेको त्यसबाट वार्षिक पाँच देखि छ लाख सम्म आम्दानी हुन्छ । अहिले थप पशुपालन पनि शुरु गरेका छौं ।’
कृषक गुरुङको अनुसार कृषिको आधुनिकीकरणसँगै परम्परागत प्रणाली हराउदै गएपछि खेति गर्न अझ सजिलो भएको छ । उनले भने– ‘पहिला बारी खनजोत गर्दा गोरुको प्रयोग गर्ने भएपनि अहिले ट्याक्टरले जोत्दा छिटो हुदा काम पनि छिटो र उत्पादन पनि छिटो हुन्छ ।’
उनले कृषिकले उत्पादन गरेको सामाग्री विक्री वितरणमा समेत कुनै समस्या नभएको बताए । गुरुङ भन्छन्–‘अहिले गाउ गाउमा सडक पुगेको छ, विक्री वितरणमा कुनै असहज छैन ।’
गाउलेकै सक्रियतामा गाउँसम्म सडक आइपुगेपछि उत्पादन गरेको तरकारी बोकेर बेच्नुपर्ने वाध्यता नरहेको उनी बताउँछन् । वर्षको चारदेखि पाँच महिना बन्दा उत्पादन र अन्य समयमा मौसम अनुसारको मटर,आलु लगाउने गरेको छ उनी बताउछन् ।।
यस्तै सोही गाउँका दिलीप गुरुङ नेपाल सुरक्षाकर्मीको जागीरबाट राजीनामा लिएर तरकारी तथा बंगुर पालन व्यसायमा लागेको बताउँछन् । बङ्गुरपालनबाट राम्रो आम्दानी गरिरहेको बताउनले उनले कोपी, ,आलु ,मटर जस्ता तरकारी खेतीबाट वर्षमा चार देखि पाँच लाख सम्मको आम्दानी गर्ने बताउँछन । घर परिवारसँगै आफ्नो ठाउँमा बसेर राम्रो आम्दानी भएको र यसमा उनी सन्तुष्ट रहेको बताउँछन् ।
सोही स्थानका रुमा गुरुङले पनि कृषि पेशाबाट लाखौ कामाउने गरेको बताउछन् ,। उनले भनिन्–‘तरकारी खेतीसँगै गाई पालन गरिरहँदा जीविकोपर्जन मात्र नभई बचत पनि गर्ने गरेको छु ।’ उनले गाइको दूधमात्र दैनिक १२–१५ लिटर बेच्ने गरेको र त्यसबाट घर खर्च राम्रो चलेको बताइन् ।
कृषि पेशामा संलग्न कृषकलाई स्थानीय सकारले समेत सहयोग पुर्याउदै आएको छ ।