धरान । अस्पतालको लाबारबाहीका कारण विरामीको मृत्यु भएको भन्दै विरामीका आफन्तले इटहरीस्थित महेन्द्र राजमार्गमा विहीबार प्रदेशन गरेका छन् ।
इटहरी बरगाछीका साढे ३ बर्षीय सन्देश साहको मृत्यु इटहरीको एपेक्स अस्पतालको लापाबाहीले भएको आरोप लगाउदै पीडितले अस्पताल अगाडि प्रदर्शन गरेका छन् । प्रदर्शनमा कुनै भौतिक तथा मानवीय क्षति नहोस् भन्नका लागि प्रहरी परिचालन गरिएको थियो । मृतका आफन्तले बच्चालाई पटक पटक सिरिञ्ज लगाएकै कारण मृत्यु भएको आरोप लगाएका छन् ।
बुधबार विहानदेखि बान्ता भएपछि बच्चालाई एपेक्स अस्पिटल लगिएको थियो । चिकित्सकले फुड पोइजन भएको भन्दै उपचार शुरु गरिएको बताएको छ । उपचारकै क्रममा विहीबार विहान सन्देशको मृत्यु भएपछि परिवार विरोधमा उत्रिएको हो ।
बच्चाले वान्ता गरेपछि डबल डोज सुई दिँदा बच्चाको मृत्यु भएको मृतका आफन्ते बताएका छन् ।
बच्चाको अवस्था थप जटिल भएपनि अस्पतालले सन्देशलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिदिएको थियो तर प्रतिष्ठान लादै गर्दा सन्देशको बाटोमै मृत्यु भएको परिवारले जनाएको छ । यता अस्पतालले भने सन्देशको मृत्यु लापारबाहीका कारण नभएको स्पष्टीकरण दिएको छ । चिकित्सकले बचाउने कोशिश गर्दा गर्दा बच्चाको अवस्था नाजुक भएपछ प्रतिष्ठान रिफर गरिएको अस्पतालले जनाएको छ ।
‘अस्पतालको लापारबाहीले छोराको मृत्यु भएको हो’
सुनसरीको इटहरी उपमहानगरपालिका वडा न २ वरगाछिमा रहेका नविन शाहका आफ्नै छोराको स्वास्थ्यमा सामान्य समस्या देखिएपछि इटहरीस्थित एपेक्स हस्पिटलमा उपचारका लागि लगे । आर्थिक अवस्थामा न्युन रहेको साह परिवारमा छोरा ठीक हुन्छ भन्ने पूर्ण विस्वस्त थिए । समान्य विरामी भए पनि वान्ता गरेपछि चिकित्सककै सल्लाहा अनुसार्र सुई लगाइएको उनका बाबु नविन शाहले बताउछन् ।
उनी भन्छन्–‘छोरालार्ई वान्ता मात्र भएको थियो स्वास्थ्यमा खासै ठुलो समस्या त देखिएको थिएन तर अस्पतालको लापार्वाहीका कारण मृत्यु भयो छोराको मृत्युले परिवारमा बज्रपात परेको छ ।’
सामान्य विरामी छोराको मृत्यु हुँदा समेत अस्पताल प्रशासनलाई कार्वाही गर्नुपर्नेमा अस्पताललाई प्रहरी प्रशासनले जोगाउन खोजेको मृतक आफन्तले आरोप लगाएका छन् । बाबु साहलेभ भने–‘ बच्चाको अवस्था थप जटिल बनेपछि मात्र हस्पिटलले राती २ बजे छोरालाई धरान स्थित बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लान भनेका थिए । धरान लाने क्रममा बाटोमै बच्चाको मृत्यु भएको थियो, लापारबाही भएपछि बचाउन नसकिने देखिएपछि उनीहरुले रिफर गरेका हुन् ।’
लापबाहीक कारण बच्चाको मृत्यु भएकोले उपचारमा संलग्न चिकित्सकलाई हदैसम्मको कारबाही हुनुपर्ने मृतकका काका कमल शाहले माग गरेका छन्् । सामान्य विरामी रहेका बच्चाले अस्पतालको यो लार्वाहिका कारण ज्यान गुमाउनु परेको आरोप उनको छ । उनी भन्छन्–‘सामान्य विरामी भएका छोरालाई उपचार गराउन ल्याउदा यस्तो दुदर्शा होला भन्ने हामी कसैले कल्पना समेत गर्न सकेका थिएनौ । यस्तो घटना घटाउने चिकित्सक र अस्पताललाई हदैसम्मको कारबाही हुनुपर्छ ।’