बैंकले नक्कली सुन दिएको ग्राहकको आरोप "इलामस्थित बाणिज्य बैकंको सुन काण्ड"

  • चैत ३, २०७८
  • " भगीरथ भण्डारी"
alt

धरान । राष्ट्रिय बाणिज्य वैंक इलाम शाखालाई सक्कली सुन धितो राखेर ऋण लिए पनि निकाल्दा नक्कली सुन फिर्ता गरिदिएको आरोप लागेकोे छ । इलाम नगरपालिका ८ कि विना चेम्जोङले बैंकबाट धितो फिर्ता लिदा आफुले राखेको सुन नपाएर जलप लगाएको सिक्रि दिएको आरोप लगाएकी छिन ।

उनले भनिन्, ‘मैले १० असारमा पाँच थान सुन धितोमा राखेर एक लाख ४७ हजार ऋण लिएको थिए, तीन किस्तामा ब्याज सावा तिरेर १ फागुनमा सुन फिर्ता लिन खोज्दा एक तोलाको सिक्रि दिएको थियो, यो मेरो होइन भन्दा ‘बैंकलाई विश्वास नगर्ने’ भनेर कर्मचारीले हप्काएर पठायो ।’ चेम्जोङले ३ थान सिक्रि, एउटा पञ्चरत्ने चुरा र एउटा औठी बैंकमा धितो राखेर ऋण लिएको बताईन । पाँच थान सुन फिर्ता लिदा एउटा सिक्रि सुनको जलप लगाएको पाइएको चेम्जोङको भनई छ ।

बैंकबाट फिर्ता लिएको गहना घरमै राखेकी थिईन् । नारी दिवसको दिन लगाउँन खोज्दा सिक्रिको हुप नभएपछि सुन पसललाई देखाउँदा आफु ठगिएको थाहा पाएको चेम्जोङको भनाई छ । उनले भनिन्, ‘नारी दिवसको दिन सिक्रि लगाउँन खोज्दा सिक्रिको हुप थिएन, हुप लगाउन जादा सुन पसलेले यो त सुनै होइन भनेपछि मात्र आफूले राखेको सुन नभएको मैले थाहा पाए ।’ नारी दिवसको दिन बैंक बन्द भएकाले भोलिपल्ट बैंकमा पुगेर गुनासो गर्दा तपाईले यही सुन राखेको भनेर फर्काएको चेम्जोङले बताइन् । ‘मैले जलप लगाएको सुन ल्याएको भए बैंकले कसरी पैसा दियो ?’, चेम्जोङले प्रतिप्रश्न गर्दै भनिन्, ‘मेरो गहना यो होइन भनेर त मैले त्यतीबेलै भनेको थिए ।’

चेम्जोङले दिउँसो साढे २ बजेतिर बैंकमा पैसा बुझाएको र कर्मचारीले साढे ३ बजेतिर आउनु भनेपछि कर्मचारीले बोलाएकै समयमा बैंक पुगेको बताइन् । साढे ३ बजेतिर बैंक पुग्दा किन यति चाडै आउनु भयो भन्दै पर्खिन भनेपछि झण्डै पाँच बजेतिर मात्रै गहना पाएको उनको भनाई छ ।
चेम्जोङले आफु ठगिएको थाहा पाएपछि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् । प्रमुख जिल्ला अधिकारीलाई समेत भेटेर गुनासो गरेको बताइन् । तर, प्रहरी कार्यालय र प्रमुख जिल्ला अधिकारीले ढिलो आउनु भयो भन्दै फर्काइदिएको उनको भनाई छ ।

यता राष्ट्रिय बाणिज्य बैंक इलामका शाखा प्रवन्धक इन्द्र कार्कीले भने, ‘यो मेरो होइन भनेर उहाँ म कहाँ आउनु भएन, त्यही दिन भनेको भए भेरिफाइ हुन्थ्यो, यतिका दिन घरमा लगेर ल्याउँदा कसरी भेरिफाइ गर्नु ?’ शाखा प्रवन्धक कार्कीले त्यही बेला गुनासो गर्नुपर्ने भन्दै ‘उहाँहरुले आफ्नो गहना चिन्नु हुन्छ, आफ्नो होइन भन्ने लागेपछि मलाई गुनासो गर्नुभएको भएपनि हुन्थ्यो, बाहिरबाट कसैलाई ल्याएर हेर्न लगाएको भएपनि हुन्थ्यो’, त्यसैवेला गुनासो गरेको भए कसैको फटाइ रहेछ भने त्यही पत्ता लाग्थ्यो, अब यति समय पछि कसैले चेञ्ज गरेर ल्यायो भने कसरी थाहा हुन्छ ।’ सेवाग्राहीकै अघि लाहाछाप खोलेर सुन जिम्मा दिने गरेको कार्कीको भनाई छ । यता चेम्जोङले भने आफ्नो अघि लाहा छाप नखोलेको पहिलेनै खोलिएको आरोप लगाएकी छिन् ।

कोशी नदीको पानी ल्या ...

धरान/ धरान उपमहानगरपालिकामा कोशी नदीको पानी ल्याउन ...

वराहक्षेत्रमा एकीकृत ...

चक्रघट्टि/ वराहक्षेत्र नगरपालिकामा आधारभूत तह (कक् ...

धरानमा प्रधानमन्त्री ...

धरान/ प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत धरान उप ...

कोरियाबाट फर्केर लाख ...

भोजपुर/  वैदेशिक रोजगारी छाडेर भोजपुरका रेवती ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved