धरान । प्रदेश एकका दुव्र्यसनीमा फसेका युवाहरुलाई सुधार गरि समाजमा पुनस्र्थापना गर्ने उदेश्यले धरानमा स्थापना भएको आसरा सुधार केन्द्रको चौथो वार्षिक उत्सव सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष सिर्जना थापाले दुव्र्यसनीमा फसेका युवा पीढीलाई उपचार, परामर्श गरि समाजमा पुनस्र्थापना गर्नु मुख्य उदेश्य रहेको बताईन् । उनले केन्द्र मार्फत पुनर्जीवन प्रदान गरी समाजको एक प्रतिष्ठित नागरिकको रुपमा पुनस्र्थापना गर्न प्रमुख भुमिका खेल्दै आएको बताईन् । उनले आगामी दिनमा थप ब्यवस्थित तरिकाले प्रभावकारी रुपमा अगाडी बढ्नु पर्ने बताइन् । चौथो वार्षिक उत्सवको अवसरमा केन्द्रका कर्मचारी तथा बिभिन्न खेलकुद बिधामा प्रथम भएका उपचाररत सदस्यहरुलाई प्रशंसा पत्रले सम्मान गरिएको छ ।
धरान ६ स्थित पानवारीमा रहेको केन्द्र काठमाण्डौंमा रहेको आसरा सुधार केन्द्रको स्वामित्वमा रहेको थियो । कार्यक्रमको अवसरमा केन्द्रलाई प्रदेश नम्बर १ प्रहरी कार्यालय विराटनगरको सम्पुर्ण जिम्मेवारी रहने गरि स्वामित्व हस्तान्तरण गरिएको छ । कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादव, १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख अरुण कुमार बि.सी., पुर्व प्रहरी नायव महानिरीक्षक ज्ञान बिक्रम साह, आसरा सुधार केन्द्र धरानका संचालक समितिका सदस्यले शुभकामना दिएका थिए ।
आसरा सुधार केन्द्रका अध्यक्ष प्रहरी बरिष्ठ उपरिक्षक बिकाशराज खनालको सभापतित्वमा सम्पन्न चौथो बार्षिकोत्सवको अवसरमा प्रउपचाररत सदस्यहरुले गायन तथा नृत्य प्रस्तुत गरेका थिए ।