धरान । धरान ३ स्थित युवा संजाल पुस्तकालयलाई दुई युवाले २२ वटा पुस्तक प्रदान गरेका छन् ।
धरान १६ निवासी गगन नेपाली र कवि विजय घिमिरेले पुस्तक प्रदान गरेका हुन् । नेपालीले आफ्नो छोरा १२ औं महिना पुगेको अवसरमा १२ वटा नै पुस्तक प्रदान गरेका थिए भने कवि घिमिरेले १० वटा पुस्तक प्रदान गरेका थिए ।
अध्ययनबाट युवाहरुलाई परिवर्तन गर्न सकिने भएकाले पुस्तकालयलाई पुस्तक प्रदान गरिएको घिमिरेले बताए । पुस्तकालयका सदस्यहरुले निःशुल्क रुपमा पुस्तक पढने गरेका छन् । विभिन्न अवसरहरुमा पुस्तक प्रदान गर्न सकिने संजालका शान्तिराम राईले बताए ।