धरान । सुनसरीको दुहबी नगरपालिकाका रौनियार सेवा समितीका नव निर्वाचित पदाधिकारीहरुको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।
वडा नम्बर ५ स्थित साह सेवा समितीको सभाकक्षमा होलि मिलन तथा पस्थापन सम्पन्न भएको हो । जय प्रकाश रौनियारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि दुहबी नगरपालिकाका नगर प्रमुख बेद गच्छदार रहेका थिए ।
प्रमुख अतिथि गच्छदारले नव निर्वाचित पदाधिकारीहरु सहयोगिदाताहरुलाई सम्मान गरेका थिए । रौनियारले समितीको सामुदायिक भवन बनाउन ५ कठ्ठा जग्गा दान दिएका थिए भने गणेश प्रसाद रौनियार र सियाराम रौनियार १ लाख ११ हजार १ सय ११ रुपैयाका दरले सहयोग गरेका थिए । अन्य ५ जना दाताहरुले ५१ हजारका दरले सहयोग गरेका थिए ।
३ बर्ष कार्यकालको लागि जय प्रकाश रौनियारको अध्यक्षतामा १५ सदस्यीय मुल समिती चयन गरिएको छ भने बन्दना रौनियारको अध्यक्षतामा १६ सदस्यीय महिला मन्च चयन गरिएको छ । यसैगरी प्रमोद रौनियारको अध्यक्षतामा १६ सदस्यीय युवा मञ्च गठन गरिएको छ साथै बिजय रौनियार सहितको ४ सदस्यीय सल्लाहकार समिती चयन गरिएको छ । होली मिलन तथा पदस्थापनमा इनरुवा, झुम्का बिराटनगर लगायतका स्थानका रौनियार समितिका पदअधिकारीहरुको उपस्थिती रहेको थियो ।