महिला उद्यमी केसी मृत फेला

  • फागुन २२, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरानको सामाजिक काममा फरक पहिचान बनाउँदै महिला उद्यमी तथा सञ्चारकर्मीको रुपमा स्थापित भइसकेकी सुनिता केसी राई आइतबार मृत अवश्थामा फेला परेकी छिन् ।

धरानका विभिन्न सामाजिक संघसस्थामा आवद्ध भई महिला उद्यमीका रुपमा पहिचान बनाएकी क्लिक धरान मिडिया प्रालिकी प्रबन्ध निर्देशक समेत रहेकी केसी आइतबार धरान १५ स्थित आफ्नै निवासमा मृत भेटिएकी हुन् । केसी झुण्डिएको अवस्थामा रहेको र आत्महत्या गरेको हुनसक्ने प्रहरीको भनाई छ । इलाका प्रहरी कार्यालय धरानबाट सर्जमिन मुचुल्का गरि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टमका लागि राखिएको छ ।

केसी पेट्रोलियम पम्पको व्यवसाय गर्ने नेपालकै एक मात्र महिला हुन् । उनी पेट्रोलियम डिलर एसोसियसनकी केन्द्रिय सदस्य समेत हुन् । उनी महिला सञ्जाल धरानकी नगर सदस्य, आसरा सुधार केन्द्रको सदस्य, इलाका प्रहरी कार्यालय धरानको परिषरमा बन्दै गरेको हिरासत भवन निर्माण समितीकी कोषाध्यक्ष समेत हुन् ।

उनी विजयपुर एफएममा लामो समय समाचारवाचिकाको रुपमा कार्यरत रहिन् । पछि पिस रिक्रियसन ग्रुपद्वारा प्रकाशित पुर्णाङ्क साप्ताहिककी प्रबन्ध निर्देशक, नेपाल पत्रकार महासंघ सुनसरीका साधारण सदस्य हुन् ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved