वक्तृत्वकलामा एम्स एकेडेमीकी उषा प्रथम

  • फागुन २२, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ धरान–१३ को अमर सेवा समाजले आप्mनो स्थापनाको २५ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ ।

यस क्रममा शनिबार समाजले साधारणसभा सम्पन्न गरेको छ । सो अवसरमा ज्येष्ठ नागरिकहरू टेकबहादुर श्रेष्ठ र लक्षीमाया राईलाई सम्मान गरियो । कार्यक्रममा धरान–१३ का अन्नपूर्ण महिला समूह, कोपिला आमा समूह र अमरपथ कोलेनी सेवा समाजलाई कदरपत्र प्रदान गरिएको थियो । । धरान–१३ का वडाध्यक्ष नेत्र काप्mलेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा समाजका अध्यक्ष भूमिराज लिम्बूले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । कार्यक्रममा वडा महिला सदस्य कमला श्रेष्ठ, पत्रकार महासङ्घका सुनसरी अध्यक्ष जनकऋषि राई, महासङ्घकै सुनसरी सहसचिव तीर्थ कार्की, कोपिला आमा समूहकी अध्यक्ष मिना राईलगायत अतिथि थिए ।

वार्षिकोत्सवको अवसरमा समाजले शुक्रबार आयोजना गरेको धरान उपमहानगरव्यापी अन्तरमावि वक्तृत्वकला प्रतियोगितामा एम्स एकेडेमिकी छात्रा उषा कार्की पहिलो भएकी छन् । प्रतियोगितामा शारदा बालिका नमुना माविकी छात्रा तुलसा राई दोस्रो, युएन नवोदय कलेजका दीपेन भण्डारी तेस्रो भए भने शारदा बालिकाकै रेजिना विश्वकर्माले सान्त्वना स्थान प्राप्त गरिन् ।

प्रतियोगिताका पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुनेले क्रमशः ५ हजार, ३ हजार, २ हजार र १ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । उनीहरूलाई समाजका अध्यक्ष लिम्बू, धरान–१३ का वडाध्यक्ष काफ्लेलगायतले पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए । प्रतियोगिताका निर्णायकहरूमा अग्रज कवि बम देवान, महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक एवम् कोशीपत्र दैनिकका सम्पादक राजेश विद्रोही र पत्रकार महासङ्घका सुनसरी सहसचिव तीर्थ कार्की थिए ।

विद्यार्थीहरूको व्यक्तित्व र नेतृत्व क्षमतामा विकास गर्दै उनीहरूलाई समाजप्रति उत्तरदायी बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको समाजका अध्यक्ष लिम्बूले बताए । ‘समाजप्रति युवा विद्यार्थीको दायित्व’ शीर्षकको प्रतियोगितामा धरानभरिका विभिन्न विद्यालयका २२ जना विद्यार्थी सहभागी भएको समाजका सदस्य गोपाल श्रेष्ठ ‘प्रयास’ ले जनाए । कार्यक्रममा प्राडा टङ्कप्रसाद न्यौपाने प्रमुख अतिथि थिए ।
वार्षिकोत्सवको अवसरमा समाजले त्यसै दिन बिहान रक्तदान कार्यक्रम पनि आयोजना गरेको थियो । कार्यक्रममा ६१ युनिट रगत सङ्कलन भएको समाजका सदस्य श्रेष्ठले बताए ।

धरानमा एसईई आइडल सिज ...

सुनसरी/धरानमा एसईई आइडल सिजन–५ को ग्रान्ड फिनाले ...

कोशी नदीको पानी ल्या ...

धरान/ धरान उपमहानगरपालिकामा कोशी नदीको पानी ल्याउन ...

वराहक्षेत्रमा एकीकृत ...

चक्रघट्टि/ वराहक्षेत्र नगरपालिकामा आधारभूत तह (कक् ...

धरानमा प्रधानमन्त्री ...

धरान/ प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत धरान उप ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved