धरान । लामो समयदेखि कोरोना संक्रमणका कारण थलिएका होटल व्यवसायीहरु तंग्रिने प्रयासमा छन् । कोरोना कहरका समयमा व्यवसाय नै थिलथिलो भई विस्थापित हुने अवस्था आएपनि त्यसलाई निरन्तता दिँदै पहिलाकै अवस्थामा पु¥याउन प्रयास थालेका छन् ।
शनिवार होटल व्यवसायी संघ क्षेत्रीय माइ पश्चिम दमकको ११ औं साधारण सभामा होटल व्यवसायीहरुले कोरोना कहरका समयमा राज्यले सहयोग नगर्दा व्यवसायीहरुको बलबुतोले बल्लतल्ल टिकाउन सकेको भएको बताएका थिए । उनीहरुले यस्तो विषम् परिस्थितिमा राज्यले लिने करमा भने कुनै छुट नदिँदा कतिपय व्यवसायीहरु भने व्यवसायबाट विस्थापित भएको बताएका थिए ।
कार्यक्रममा बोल्दै इस्ट टुरिजम मार्टका संयोजक भविस श्रेष्ठले कोरोना संक्रमणका कारण सबैभन्दा बढी पर्यटन र होटल व्यवसायी मारमा परेको बताए । उनले विगतको जस्तै पर्यटन प्रवद्र्धनमा जोड दिदै व्यवसायलाई माथि उठाउन चुनौति भएको भन्दै सबै व्यवसायी एक भएर प्रवद्र्धनमा लाग्नु पर्ने बताए । उनले भने–‘अब सबै व्यवसायी एक हुनुपर्छ, पूर्वका पर्यटकीय गन्तव्यको पहिचान गराउदै पर्यटकलाई राम्रो सेवा सुविधा दिने खालको होटल सञ्चालन गर्न लाग्नुपर्छ ।’
उनले कोरोना कहरपछि विस्तारै सहज हुँदा व्यवसायीहरुले आफ्नो व्यवसायलाई सुचारु गरेको बताउनुभयो । कोरोनाका कारण थलिएका व्यवसायलाई माथि प्रदेश नं. १ मा रहेका रमणीय पर्यटकीय स्थलको प्रचार प्रचार गर्न कार्यक्रम अगाडि बढाउनुपर्ने बताए । उनले भने–‘ पर्यटनको माध्यमाथी व्यवसायलाई प्रमोढ गर्नकै लागि धरानमा चैत्र ११ देखि १३ गतेसम्म इस्ट टुरिजम मार्टको आयोजना गर्दैछौै, नेपाल लगायत भारतका पर्यटन व्यवसायीहरुको त्यसमा सहभागिता हुन्छ, यसले पूर्वको पर्यटनलाई सहयोग पुग्छ ।’ यस्ता कार्यक्रमले होटल व्यवसायीहरुलाई एकजुट बनाउन सहयोग
पुर्याउने मात्र हैन, यहा भएका पर्यटकीय स्थलको प्रचारप्रसारमा समेत बल पु¥याउने उनको भनाई छ ।
उनले भने–‘मार्टमा हामीले पहिलो दिन उद्घाटन गर्ने, दोस्रो दिन भारत र नेपालका व्यवसायीबीच अन्तरक्रिया गर्ने र तेस्रो दिन पूर्वमा भएका आकर्षक गन्तव्य स्थलको अवलोकन गर्ने कार्यक्रम राखेका छांै, सबैको सहभागिता होस् भन्ने हामी चाहान्छौ ।’
यस्तै पर्यटन व्यवसायी बासुदेव वरालले इस्ट टुरिजम मार्टले नेपाल र भारतका पर्यटन व्यवसायीहरुलाई जोड्ने पुलको काम गरेकोकोले प्रत्येक बर्ष कार्यक्रम गर्दै आएको बताए । उनले भने–‘विगतमा पनि हामीले यो कार्यक्रम ग¥यो, कार्यक्रम प्रभावकारी भएपछि हामीले यसलाई निरन्तता दिएका हौ ।’
ईलामको चपेटीमा आयोजित ११ औं बार्षिक साधारण सभाले नयाँ नेतृत्वसहितको कार्यसमिति समेत चयन गरेको छ । योगराज दंगालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । नबगठित समितिको बरिष्ठ उपाध्यक्षमा मदन ढकाल, उपाध्यक्षमा कुमार गौतम, महासचिबमा भुपेन्द्र प्रसाद न्यौपाने, सहसचिबमा मिन कुमार पुरी त्यसैगरी कोषाध्यक्षमा भरत दाहाल, सहकोषध्यक्षमा दिपक फुँयाल चयन हुनु भएको छ । यसैगरि सदस्यहरुमा राजकुमार गौतम, भुगोल बस्नेत, पुण्यप्रसाद खनाल युवराज बस्नेत, डम्बर थापा, केयर सिंह लगायत रहेका छन् ।