धरान । ओखलढुंगाको मोलुङ गाउँपालिका ४ स्थित भिरबाट लडी १ जना महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोलुङ ४ घले गाउँका ईन्द्र सुनुवारको श्रीमती ३८ बर्षीया मिना सुनुवार रहेकि छिन् ।
शुक्रबार बेलुकी पौने ४ बजे गुठी पाताल जंगलबाट घाँस काटी घर तर्फ फर्कने क्रममा भिरबाट लडी घाईते भएकि सुनुवारलाई तत्काल उपचारको लागि मिसन अस्पताल ओखलढुंगा लगिएकोमा उनको उपचारको क्रममा राती पौने ९ बजे मृत्यु भएको हो ।
घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले बताएको छ ।