सामाजिक स्वास्थ्य क्लिनिकमा स्वास्थ्य परामर्श

  • माघ २३, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । परिवर्तनका लागि सामाजिक अभियानको ‘सामाजिक स्वास्थ्य क्लिनिक’ को नवौं संस्करण सम्पन्न गरिएको छ ।

धरान मोडल कलेजको प्राङ्गणमा शनिबार सम्पन्न पाक्षिक स्वास्थ्य क्लिनिकमा फलोअप र नयाँ गरी १६ जनाले स्वास्थ्य जाँच गरेका थिए । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मुटु रोग विशेषज्ञ डा. प्रशान्त साहसँगको सहकार्यमा हुँदै आइरहेको छ । डा. साहले क्लिनिकमा सहभागी बिरामीहरूको स्वास्थ्य जाँच गर्दै भने, ‘सबैभन्दा बढी खानपानलाई ध्यान दिनुहोला । खानपानका कारणले नै रोगहरूले आक्रमण गर्ने हुँदा यसतर्फ ध्यान दिनुस् ।’

क्लिनिकमा नयाँ बिरामीहरू पनि आउने गरेको अभियानका संयोजक विष्णु बरालले जानकारी दिए । उनका अनुसार फलोअप र नयाँ बिरामीहरूको स्वास्थ्य जाँच गरिसके पश्चात् डा. साहले परामर्श पनि गरेका थिए । स्वास्थ्य परामर्शले बिरामीलाई आफ्नो स्वास्थ्यको ख्याल गर्न सहयोग गर्ने गरेको उनले बताए ।

अभियानले विशेष गरी ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई लक्षित गर्दै क्लिनिक सञ्चालन गरेको हो । पाक्षिक रूपमा गर्दै आएको कार्यक्रम शनिबारका दिन गरिँदै आएको छ । धरान बाहेक विराटनगर, इटहरी लगायतबाट पनि क्लिनिकमा आउने गरेको सदस्य वर्षा अग्रवाल श्रेष्ठले बताइन् । उनका अनुसार अब भने धरानका वडा वडाहरूमा क्लिनिक सञ्चालन गर्ने योजना पनि बनाइएको छ । यसअन्तर्गत वडा वडाका ज्येष्ठ नागरिकलाई सेवा दिने उद्देश्य रहेको छ ।

क्लिनिकमा २० जनासम्म नयाँ बिरामीलाई जाँच गरिँदै आएको छ । त्यस्तै फलोअपमा रहेका अन्य बिरामीहरूलाई पनि जाँच गरिँदै आएको सदस्य त्रिभुवन बरालले जानकारी दिए । ‘नयाँ २० जनालाई पहिलो प्राथमिकता दिन्छौं, त्यसपछि फलोअपका त जाँच भइहाल्छ’ उनले भने । विशेष गरी बीपी प्रतिष्ठानमा ज्येष्ठ नागरिकहरूलाई लाइनमा लागेर जाँच गर्न गाह्रो हुने भएकाले पनि यस्तो कार्यक्रम तयार गरिएको संयोजक विष्णु बरालले जानकारी दिए ।

बारीबाट बजारसम्म, तर ...

धरान/पहिले–पहिले गाउँमा तरकारी त शहरमै हुने भन्ने ...

शिक्षित परिवारमै हिं ...

विराटनगर/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा ...

भोजपुरको चुलाचुली गु ...

भोजपुर/ भोजपुर जिल्लाको रामप्रसादराई गाउँपालिका&nd ...

पाँचथर–ताप्लेजुङ सडक ...

पाँचथर/ तमोर करिडोरअन्तर्गत पाँचथर–ताप्लेजुङ सडकख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved