रेल्वे यार्ड निर्माण सम्पन्न गर्न संघको पहल

  • माघ २०, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । एकिकृत भन्सार विन्दु (आइ.सि.पी.) मा निर्माणाधिन रेल्वे यार्डको शिघ्र निर्माण सम्पन्न गर्न मोरङ व्यापार संघले पहल थालेको छ ।

गत मंगलबार संघका अध्यक्ष नवीन रिजाल सहितको टोलिले निर्माणाधिन रेल्वे यार्डको निरिक्षण गर्दै शिघ्र कार्य सम्पन्न गर्न पहल गर्ने जनाएको छ । संघकै निरन्तर पहलबाट एकिकृत भन्सार विन्दुको निर्माण कार्य भएको थियो । आई.सी.पी.संचालनमा आईसकेको छ भने रेल्वे यार्डको निर्माण कार्य अन्तिम चरणमा रहेको छ ।

निरीक्षणका क्रममा रिजालले रेल्वे यार्ड देखि आई.सी.पी., विराटनगरसम्मका लागि आवश्यक सडक र थप अन्य पूर्वाधारहरु विस्तार गर्ने कार्यहरु अघि बढि रहेको र आगामी मार्च २०२२ सम्म सम्पन्न गर्न पहल भई रहेको बताए । अध्यक्ष रिजालले आई.सी.पी. सम्म रेल्वे कार्गो संचालनका लागि समेत संघले पहल थालेको बताउँदै त्यसका लागि आवश्यक दुई देश बीचको सम्झौता कार्य यथाशिघ्र टुंग्याउन नेपाल र भारत सरकार समक्ष पहल भई रहेको बताए ।

टोलीमा वरिष्ठ उपाध्यक्ष अनुपम राठी, सचिव संजय श्रेष्ठ, का.का. सदस्यहरु दिपेश सुवेदी, अमित सारडा, शुशिल सुराना, अमित राठी लगायतको सहभागिता रहेको थियो ।

बर्तमान गठवन्धन पुर् ...

विराटनगर । गृहमन्त्री रमेश लेखकले काँग्रेस एमालेको गठबन ...

म युँ खोलाको पुल भाँ ...

 इलाम/ इलामको फिक्कल–नयाँ बजार सडक खण्ड ...

माइपोखरीमा ४० हजार म ...

 इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथ ...

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved