‘संक्रमणको फाइदा उठाएर कृत्रिम अभाव सिर्जना गर्ने र कालो बजारी गर्ने बढे’

  • माघ १८, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । संक्रमणको फाइदा उठाउँदै बजारमा व्यवसायीहरुले कृत्रिम अभाव सिर्जना गर्ने र कालो बजारी बढेको भन्दै नेपाल नागरक समाजले धरान उपमहानगरपालिकालाई ध्यानकर्षण गराएको छ ।

समाजले कोरोना संक्रमणको फाइदा उठाउदै व्यापारी व्यवसायी तथा औषधि पसलेहरुल मनोमालिन्य ढंगबाट रकम असुल्ने गरेको भन्दै प्रभावकारी अनुमन गरी उनीहरुलाई कार्वाहीको दायरामा ल्याउनुपर्ने माग राखेका छन् ।

सोमबार धरान उपमहानगरपालिकाका मेयर तिलक राईलाई ज्ञापनपत्र बुझाउदै समाजका कार्यवाहक अध्यक्ष दिवस पोख्रेलले कोभिडको तेस्रो लहरका ओमिक्रोनको फाइदा उठाउँदै व्यापारी तथा मेडिकल व्यवसायीहरुले कृत्रिम अभाव र कालो बजारी सिर्जना गरेकोप्रति उपमहानगरपालिकालाई ध्यानकर्षण गराउदै ज्ञापनपत्र बुझाएको बताए । उनले भने–‘धरान उपमहानगरपालिका अन्तर्गतको एउटा अनुगमन समिति छ, त्यो अनुगमन समितिले सक्रियता नदेखाउदा धरानमा कालोबजारी बढेको हामीले ठहर गरेका छौं ।’

उनले उपमेयर मञ्जु भण्डार सुवेदीको संयोजकत्वमा गठन भएको अनुगमन समितिले चाडो बजार अनुगमन गरी कृत्रिम अभाव सिर्जना गर्ने र कालो बजारी गर्नेलाई कार्वाही गर्नुपर्ने माग राखे । उनले भने–‘समय समयमा अनुगमन त हुन्छ त अनुगमन प्रभावकारी नहुदा व्यापारी व्यवसायीको मनोबल बढेको हो, कालो बजारी तथा कृत्रिम अभाव सिर्जना गर्नेलाई कार्वाहीको दायरामा ल्यानुपर्छ ।’

सो अवसरमा समाजका कोषाध्यक्ष हिमप्रसाद ओझाले पनि ज्ञापनपत्र बुझाउने क्रममा मेयरलाई सर्वसाधारण कालोबजारी र कृत्रिम अभावका कारण मारमा परेका भन्दै अनुगमन समितिले चाडो बजार अनुगमन गरेर त्यस्तालाई कार्वाही गर्न माग गरेका छन् । उनले भने–‘समय समयमा अनुगमन त भएक्ै होला, तर त्यो अनुगमन प्रभावकारी भएको हामीले पाएनांै, चाडो अनुगमन गरेर त्ष्यस्तालाई कार्वाही गर्नुपर्‍यो । ज्ञापनपत्र बुझिसकेपछि उपमहानगरपालिकाका प्रमुख तिलक राईले समितिले गरको ध्यानाकर्षणप्रति उपमहानगरपालिका गम्भीर भएको बताएका छन् । उनले भने–‘तपाईहरुको गुनासोलाई उपमहानगरपालिकाले गम्भीर तरिकाले सोचेको छ, हामी चाडै अनुगमन गरेर कालो बजारी गर्ने र कृत्रिम अभाव गर्नेलाई कार्वाही गछौ ।’

नेपाल नागरिक समाजको कार्यवाह अध्यक्ष दिवस पोख्रेल, प्रमुख सल्लाहकार किशोर राई, सचि उद्धव अधिकारीले धरान उमहानगरपालिकाका प्रमुख तिलक राईलाई ज्ञानपत्र बुझाएको हो ।

ज्ञापनपत्र बुझाउने क्रममा समाजका सहसचिव लोकराज निरौला, सदस्यहरु माधव वास्तोला, बलराम भट्टराई, गणेश पौड्याल, गंगाप्रसाद रेग्मी, चन्द्रकुमार नेपाल, ममतापौड्याल, कमल शंकर नोल, अरुणा पाखेल निलकुमारी गिरी थापा, इन्द्रादेवी लामा, सलहकारहरु उर्मिला प्रधान, सरिता लिम्बु, कृष्ण अधिकारी, प्रेमप्रसा पौड्याल, इन्द्रनाथ वास्तोला, अग्रज व्यीक्तत्व विश्वराज भण्डारी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

बर्तमान गठवन्धन पुर् ...

विराटनगर । गृहमन्त्री रमेश लेखकले काँग्रेस एमालेको गठबन ...

म युँ खोलाको पुल भाँ ...

 इलाम/ इलामको फिक्कल–नयाँ बजार सडक खण्ड ...

माइपोखरीमा ४० हजार म ...

 इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथ ...

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved