ज्येष्ठ नागरिकलाई खीर खुवाएर स्थापना दिवस मनाइयो

  • माघ १५, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ प्रेस सेन्टर नेपालको सुनसरी समन्वय समितिले संगठनको १८ औँ स्थापना दिवस शनिबार ज्येष्ठ नागरिकहरूलाई खीर खुवाएर मनाएको छ ।

इटहरी १६ स्थित पकलीको रामजानकी शान्ति वृद्धाश्रममा खीर पकाएर त्यहाँका ज्येष्ठ नागरिकहरूलाई खुवाइएको सेन्टरका सुनसरी अध्यक्ष तीर्थ कार्कीले जानकारी दिए । दिवसको अवसरमा ज्येष्ठ नागरिकहरूलाई फलपूmल पनि वितरण गरिएको थियो । वृद्धाश्रममा १३ जना आमाहरू छन् । सो अवसरमा त्यहाँ आपसमा शुभकामना पनि आदान–प्रदान गरिएको थियो ।

अवसरमा वृद्धाश्रममै आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल बराल, पार्टीका प्रदेश न. १ उपाध्यक्ष शिवकुमार डाँगी, माओवादी केन्द्र इटहरी उपमहानगर समितिका उपाध्यक्ष एवम् किरात बान्तवा खिमका केन्द्रीय अध्यक्ष ज्ञानु किराँती, पत्रकार महासङ्घका सुनसरी अध्यक्ष जनकऋषि राई, सेन्टरकै केन्द्रीय सदस्यहरू राजन केडी, भरतराज शर्मा (गोपाल), प्रदेश सचिव विशाल राई, प्रदेश सदस्य सञ्जय याक्खालगायत उपस्थित थिए । कार्यक्रममा नेताहरू बराल, डाँगी, सेन्टरका केन्द्रीय सदस्य अर्जुन शर्मा, वृद्धाश्रमका सञ्चालक विष्णु डाँगीले शुभकामना मन्तव्य राखेका थिए ।

कुनै रचनात्मक काम गरेर स्थापना दिवस मनाउने सोचले वृद्धाश्रममा आमाहरूलाई खीर र फलपूmल खुवाइएको सेन्टरका सुनसरी अध्यक्ष कार्कीले बताए ।
सेन्टरका जिल्ला सचिव अच्युत भट्टराईले सञ्चालन गरेको कार्यक्रममा सहसचिव मनोज निरौलाले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

 टिपरको ठक्करबाट बाब ...

विराटनगर/  विराटनगर महानगरपालिका–३ मा ब ...

धरानमा पहिलोपटक महिल ...

धरान/  धरानमा पहिलोपटक महिला क्लबस्तरीय फुटबल ...

धरानमा एसईई आइडल सिज ...

सुनसरी/धरानमा एसईई आइडल सिजन–५ को ग्रान्ड फिनाले ...

कोशी नदीको पानी ल्या ...

धरान/ धरान उपमहानगरपालिकामा कोशी नदीको पानी ल्याउन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved