धरानमा ‘बिएसडब्ल्यु’ पढाइ हुने

  • माघ १२, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । सामाजिक क्षेत्रमा उपयोगी रहेको शिक्षा प्रदान गर्न धरानमा पहिलो पटक ब्याचलर इन सोसियल वर्क पठनपाठन हुने भएको छ ।

त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा धरान–१ स्थित धरान मोडल कलेजमा बिएसडब्ल्यु विषयको अध्यापन शुरु गरिएको मंगलबार पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । कार्यक्रम कोअर्डिनेटर मोहन श्रेष्ठले यो विषय जीवनउपयोगी, व्यवहारिक र स्कोप पनि भएको बताए । विषय अध्यापन गराइयो भने जीवनमा पनि उपयोग हुने र राम्रो स्कोप भएकोले विषय छानेर ल्याइएको उनको भनाई छ ।

क्याम्पस प्रमुख प्रविन राईका अनुसार यो चारवर्षे कार्यक्रम हो । चारदिन पढाइ हुने र दुईदिन फिल्डवर्क, कार्यअनुभव गर्नेपर्ने हुन्छ । यो कार्यक्रम फिल्डवेश र प्राक्टिकल हुने भएकोले आम विद्यार्थीहरुले व्यवहारिक ज्ञान लिई सरकारी, गैर सरकारी संघसंस्थाहरु, स्थानीय निकाय, विश्व विद्यालय, निजामती सेवा, स्वास्थ्यलगायतका क्षेत्रमा सहजै जागिर पाउन सक्ने साथै अन्तर्राष्ट्रिय अध्ययनका लागि समेत सहज हुने उनले जानकारी गराए ।

उनका अनुसार यो विषय फाइनान्सियल, स्थानीय निकाय, एनजिओ, आइएलजिओ, सामाजिक समस्या पत्ता लगाउन, विश्लेषण गर्न र समस्या समाधान गर्न जनशक्ति उत्पादन गर्न यो महत्वपूर्ण छ । प्लस टु वा सो सरह तहमा जुनसुकै संकायबाट डी प्लस ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थीले पढ्न पाउनेछन् । चार वर्षे कोर्ष सक्नका लागि लागि २ लाख ३० रुपैयाँ लाग्ने जनाइएको छ । अध्यापक डा. भवानी शङ्कर भट्टराईले इटहरी, विराटनगर, काठमाडौं जाने विद्यार्थीको आवश्यकतालाई मध्यनजर गरेर कार्यक्रम लञ्च गरिएको जानकारी दिए ।

२०६६ सालमा स्थापना भएको धरान मोडल कलेजमा यसअघि त्रिविविकै बिबिएस, बिए, चार वर्षे तथा एक वर्षे बिएड कार्यक्रम पनि सफलतापूर्वक सञ्चालन हुँदै आएको क्याम्पस प्रमुख राईले जानकारी दिए ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved