‘गठबन्धन सरकारद्वारा धनकुटाको बजेट कटौती’

  • माघ ११, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धनकुटा/ गठबन्धन सरकारले धनकुटाको बिकास बजेट कटौती गरेको भन्दै संघीय सांसद राजेन्द्र कुमार राईले स्थानीयवासी सचेत रहन आग्रह गरेका छन् ।

गठबन्धन सरकारको कदम संबिधान र कानून बिपरित भएकोले यसका बिरुद्ध आवाज उठाउन राईले धनकुटावासीलाई आग्रह गरेका छन् । राईले छथर जोरपाटी गाउँपालिकाका नागरिकहरुलाई जस्तापाता बितरण कार्यक्रममा वर्तमान गठबन्धनले धनकुटेली जनतालाई गरेको अन्याय प्रति सबैले आवाज उठाउनु पर्ने बताए ।

उनले भने, ‘अघिल्लो केपी ओली नेतृत्वको सरकारले धनकुटाको बिकासका लागि बिनीयोजन गरेको १० अर्ब मध्ये ७ अर्ब रकम कटौती गरेको छ, रातो किताबमा परिसकेको उक्त योजनाहरु कटौती गरेर वर्तमान देउबाको गठबन्धन सरकारले संबिधान र जनता बिरोधी काम गरेको छ ।’ सरकारको यो असंबैधानिक कदमको धनकुटाका जनताहरुले तिनका दल र दलका नेताहरुलाई प्रश्न गनुपर्ने राईले सुझाव दिए ।

पालिकाको आयोजनामा सम्पन्न जस्तापाता (टिन) बितरण कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथी राईले पालिकाका वडा नं.१,२,३ र ६ का ९४ घर परिवारलाई रंगिन जस्तापाता र प्रभाण–पत्र बितरण गरेका थिए । ‘गुणस्तरीय जीवनस्तरका लागि आवास सुधार कार्यक्रम’ अन्तर्गत संघीय हस्तान्तरित बिशेष अनुदान कार्यक्रमबाट जस्ता बितरण गरिएको पालिका अध्यक्ष शेरबहादुर लिम्बूले जानकारी दिए ।
अनुदानमा प्राप्त ८३ लाख मध्ये टेन्डर प्रक्रियाबाट खरिद गरिएको ५७ लाख ३५ हजार ६ सय ५४ रुपैंया बराबरको ४ सय १० बण्डल जस्ता बितरण गरिएको लिम्बूले बताए । बाँकी वडा नं.४ र ५ मा जनता आवास कार्यक्रम अन्तर्गत १ सय ९० घरका लागि गत बर्ष देखि शुरु भएको जस्तापाता बितरण कार्यक्रम यो बर्ष पुरा हुने जानकारी गराए ।

गत बर्ष कोरोनाका कारण दुबै वडाका ४०÷४० घरलाई जस्तापाता दिईएको थियो । बाँकी रहेका १ सय १० घरलाई जस्ता किन्न पहिलो किस्ता रकम सम्बन्धित ब्यक्तिको खातामा निष्काशन गरिसकिएको अध्यक्ष लिम्बूले जानकारी दिए । पालिकाको आयोजनामा आईतबार भएको जस्तापाता बितरण कार्यक्रम मार्फत् वडा नं.१ र ३ का ३०÷३० घर,वडा नं.२ का २३ र वडा नं.६ का ११ घर परिवारलाई जस्तापाता दिईएको प्रशासन शाखा प्रमुख एवं सूचना अधिकारी नेत्रबहादुर क्षेष्ठले जानकारी दिए ।

बारीबाट बजारसम्म, तर ...

धरान/पहिले–पहिले गाउँमा तरकारी त शहरमै हुने भन्ने ...

शिक्षित परिवारमै हिं ...

विराटनगर/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा ...

भोजपुरको चुलाचुली गु ...

भोजपुर/ भोजपुर जिल्लाको रामप्रसादराई गाउँपालिका&nd ...

पाँचथर–ताप्लेजुङ सडक ...

पाँचथर/ तमोर करिडोरअन्तर्गत पाँचथर–ताप्लेजुङ सडकख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved