बीपीमा विमितको उपचार निःशुल्क, औषधि छैन

  • माघ ४, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ राज्यले तोकेका अस्पतालहरुमा स्वास्थ्य विमा अन्तर्गत निशुल्क उपचार सहित औषधी पनि निशुल्क भनेको छ तर धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विमितले उपचार पाउँछन्, औषधी भने आफै खरिद गर्नुपरेको छ ।

धरान १६ की मन्दिरा थापाले जेष्ठ नागरिक विमा गरेकी थिइन् । सरकारले गरेको एक लाखको विमाभित्र उनले औषधिसमेत निःशुल्क पाउनपर्ने हो । प्रतिष्ठानमा औषधी नपाए पछि निजि मेडिकलमा गएर खरिद गर्नु परेको उनले बताईन् । औषधि किन्ने पैसा नहुँदा समस्यामा पनि परेको उनको दुःखेसो छ । उनले भनिन्, ‘काठमाण्डौ, विराटनगरका अस्पतालहरुमा विमा गर्दा औषधि समेत त्यसै पाइन्छ भन्छन्, धरानमा भने औषधि दि“दैन, सबैतिर एकै खालको हुनु पर्र्देन र ?’

विशेष गरेर गरिब, निमुखा तथा आर्थिक अभावका कारण उपचार गराउन नपाएकाहरुलाई लक्षित गरी नेपाल सरकारले आर्थिक बर्ष ०७१÷०७२ देखि उपचारसहित औषधिको समेत उपलब्ध गराउने उद्देश्यका साथ विमा शुरुवात गरेको हो ।

केही समय अघि बीपीले पनि विमा गर्नेहरुका लागि औषधिको व्यवस्था गरिदिएको थियो । तर त्यो लामो समयसम्म टिक्न सकेन । प्रतिष्ठान आर्थिक धरासायी बनेको भन्दै तत्कालिन प्रतिष्ठानका उपकुलपति प्रा.डा बीपी दाशकै पालामा औषधि दिन छाडिएको थियो । प्रतिष्ठानले त्यसलाई पुनः सुचारु गर्न नसक्दा बिरामीले राज्यको सेवा उपभोग गर्न पाएका छैनन् ।
देशका अन्य अस्पताल, स्वास्थ्य केन्द्र, मेडिकल कलेजहरुले विमितहरुको स्वास्थ्य परीक्षणसँगै औषधि समेतउपलब्ध गराउने भएपनि प्रतिष्ठानले हालसम्म औषधि उपलब्ध नगराएको भन्दै स्वास्थ्य विमा सेवा संघर्ष समितिले केही दिन अघि ध्यानाकर्षण समेत गराएको थियो ।

प्रतिष्ठानभित्र पनि विमितहरुलाई औषधि उपलब्ध गराउनुपर्ने माग राख्नकैै विनोद घिमिरेको संयोजकत्वमा संघर्ष समिति नै बनेको छ । समितिले केही समय अगाडि धरान डे उद्घाटन गर्न आएका प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र समेत बुझाएका थिए ।

समितिका सदस्य श्याम पोख्रेलले सरकारले विपन्न वर्गलाई लक्षित गरी ल्याएको विमा कार्यक्रममा सरकारले तोकेको मापदण्ड सबैले पाउनुपर्छ भन्ने संघर्ष समितिको माग रहेको बताए । उनले भने, ‘बीपीमा आउने सबै विरामी आर्थिक सम्पन्नता भएका हुदैनन, विपन्न वर्गका विरामी धेरै उपचारका लागि आउने गर्छन्, उनीहरुलाई लक्षित गरी ल्याएको कार्यक्रममा मापदण्डमा परेका कुरा छ हुनुप¥यो नि ।’

उनले विमाभित्र औषधि पनि निःशुल्क भएकोले लामो समयदेखि प्रतिष्ठानबाट उपलब्ध नभएपछि सरकारको पनि चासो हुनुपर्छ भनेर प्रधानमन्त्री धरान आएको बेला ध्यानाकर्षण गराएको बताए । उनले भने, ‘अन्य अस्पतालमा उपलब्ध हु“दा प्रतिष्ठानमा किन हुन नसकेको भन्ने हाम्रो कुरा हो, सबै ठाउँमा राज्यले दिने सुविधा समान हुनुपर्छ, हाम्रो भनाई त्यति हो ।’
उनले उपचारपछि चाहिने अत्यावश्यक औषधि नपाउँदा कमजोर आर्थिक हैसियत भएका विपन्न नेपाली नागरिकहरुले स्वास्थ्य सेवाबाट बञ्चित हुनुपरेको बताए । यो अभियानलाई निरन्तता दिनकै लागि १३ सदस्यीय विमा सेवा संघर्ष समिति बनाएको बताउदै यो समितिले निरन्तर पहल गरिरहने बताए ।

दिगो खान पान दिवस ...

हरेक वर्ष जुन १८ मा विश्व दिगो खानपान दिवस मनाइन्छ। यो ...

दुहबीमा ११६ केजी गाँ ...

दुहबी/  सुनसरीको दुहबी नगरपालिका–४ मालह ...

 टिपरको ठक्करबाट बाब ...

विराटनगर/  विराटनगर महानगरपालिका–३ मा ब ...

धरानमा पहिलोपटक महिल ...

धरान/  धरानमा पहिलोपटक महिला क्लबस्तरीय फुटबल ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved