खोलामा लगाएको तारजाली विक्री

  • माघ २, २०७८
  • "रबिन्द्र बराल"
alt

रंगेली/ सरकारले करोडौको वजेट बिनियोजन गरेर खोला कटान नियन्त्रणका लागी तारजाली सहितको तटवन्ध निर्माण गरे पनि स्थानीयले तारजाली काटेर बिक्रि गर्न थालेका छन् ।
स्थानीय सरकार सहित सरकारको सम्वन्धित कार्यालयले तटवन्धमा लगाइएको तारजाली काटेर विक्री गर्ने क्रम दिनप्रतिदिन बढिरहेको छ । कानोपोखरी, वेलवारी मिक्लाजुङ, लेटाङ, दर्वेशा, रंगेली लगायतका खोलामा लगाइएका तारजाली स्थानीयले काटेर कवाडीलाई विक्री बितरण गर्ने गरेको पाइएको छ । खोलामा आउने वाढीवाट गाउँ बस्ती जोगाउन तथा जग्गा कटान रोक्न सरकारले तारजाली ढुंगा सहितको तटवन्ध निर्माण गरिरहेको छ ।

पछिल्लो समयमा मोरङ जिल्लाको वक्राहा, चिसांङ, लोहन्द्रा, केशलिया, सिंगिया लगायत दर्जनौ खोलामा ठूलो वजेटमा तटवन्ध निर्माण भएका छन् । सरकारले तटवन्धमा गरेको लगानी गाउँ जोगाउन र खेतियोग्य जमिन वचाउन हो तर स्थानीय त्यही तारजाली काटेर बिक्रि गरिरहेका छन् ।

भारतवाट आएका कवाडीहरुले ३० रुपैया किलोमा तारजाली खरिद गर्ने गरेको पाइएको छ । साइकलमा आउने कवाडीहरुले प्रायजसो उत्तरी मोरङ क्षेत्रवाट वढी मात्रामा खरिद गरेर ल्याउने र रातीको समयमा रंगेली नाका भएर भारततर्फ लैजाने गरेका छन् । इलाका प्रहरी कार्यालय रंगेलीले तारजाली र साइकल सहित पहिलोपटक दुई जनालाई नियन्त्रणमा लिएर सजक गराएर छाडेको थियोे । पुनः प्रहरीले तीन जनाको साईकल समेत नियन्त्रणमा राखेको छ ।

साइकलमा तारजाली हालेर भारत लैजाने क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरिक्षक अनमोल खडकाले बताए । २४ घन्टा सुरक्षामा खटिए पनि खोलाको तटवन्धमा प्रयोग हुने तारजालीको चोरी निकासी नियन्त्रणमा भने प्रहरीको ध्यान जान सकेको छैन । तटवन्धमा प्रयोग भएका तारजाली चोरी गरी यसरी नै विक्री गर्दै जाने हो भने वर्षायाममा आउने वाढीले क्षति पु¥याउन सक्ने भएको छ ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved