संसदलाई बन्धक बनाउन पाइदैन महामन्त्री :शर्मा

  • पुस २३, २०७८
  • "भगीरथ भण्डारी"
alt

इलाम/ राजनीतिक इगो र आवेगमा संसदलाई बन्धक बनाउनु नहुने नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बताएका छन् । इलाम सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा शर्माले भने, ‘मैले दुई दुई पटक विघटन गरेको संसद चल्न दिन्न भन्ने आवेग पूर्वप्रधानमन्त्री केपी ओलीमा देखिन्छ, यदि त्यस्तो हो भने स्थिरताको कल्पना गर्न सकिन्दैन ।’

एमालेले आफ्नो पार्टीले निष्कासन गरेको सांसदलाई संसदको बैठकमा राख्न नहुने भन्दै निरन्तर रूपमा सदनमा अवरोध गरिरहेको बताए । शर्माले कुनै अथोरेटीले गरेको निर्णयमा असहमति राख्न पाइने भएपनि त्यसलाई मान्नुपर्ने बताए । एमाले अध्यक्ष ओली अनुभवी राजनीतिज्ञ भएकाले उनले आत्मासमिक्षा गरेर संसद चल्न दिने महामन्त्री शर्माको विश्वास छ । ‘यो हामी सबैले स्थापित गरेको प्रणालीको कुरा हो’, उनले भने, ‘उहाँ (ओली) ले दृढताको साथ आत्मासाथ गर्नुहुनेछ र संसदलाई नियमित र विधिसंवद काम गर्न दिनुहुनेछ ।’

शर्माले नेतृत्वको विधिसम्म कार्य गर्न जरुरी रहेको भन्दै सरकारले बोलाएको बैठकमा ओली अनुपस्थित रहेको प्रति असन्तुष्टि व्यक्त गरे । ‘गम्भीर राष्ट्रिय विषयमा संवाद गर्न बोलाउँदा उहाँ नआउने, सर्वदलीय बैठक बहिस्कार गर्ने भइरहेको छ’, शर्माले थपे, ‘उहाँ प्रधानमन्त्री भएको बेला काँग्रेस सभापति एउटा बैठकमा तर्कको साथ उपस्थित हुनु भएन, उहाँले बोलाएको सबै बैठकमा सभापति आलोचना सहेर भएपनि जानु भएको छ, हामीले पनि बैठकमा सभापतिलाई प्रधानमन्त्रीले बोलाएको बैठकमा जान सुझाएका छौ ।’

गठबन्धनको सन्दर्भमा भने काँग्रेसले ठिक समयमा ठिक निर्णय लिने महामन्त्री विश्वप्रकाशको टिप्पणी छ । ‘गठबन्धन आगामी निर्वाचनमा पनि यसरीनै हुनेछ भन्ने ठोकुवा गर्न मिल्दैन’, उनले भने, ‘काँग्रेसमा विधिवत छलफल नभइकन आगामी निर्वाचनमा गठबन्धन हुनेछैन भन्न पनि मिल्दैन, हामी ठिक समयमा ठिक निर्णय लिन्छौ ।’

अहिलेको गठबन्धनले आफ्नो दायित्व पुरा गर्नुपर्ने महामन्त्री शर्माको धारणा छ । ‘हामीलाई सरकार चलाउने म्यान्डेट थिएन, प्रतिपक्ष बस्नेनै हामीले म्यान्डेट पाएका हौ’, उनले थपे, ‘म्यान्डेट पाएकोले सरकार चलाउन सकेन, म्यान्डेट खण्डित भएपछि हामी सरकारमा गएका हौ ।’ महामन्त्री विश्वप्रकाश शर्माले एमसिसिको बारेमा भने अध्ययन समितिको रिपोर्ट आएपछि मात्रै के गर्ने भन्ने टुङ्गो लाग्ने प्रतिक्रिया दिएका छन् । एमसिसि के हुन्छ भन्ने प्रश्नमा शर्माले भने ‘अध्ययनको लागि समिति बनेको छ, समितिले गहिरो अध्ययन गरेर सिटिस्क्यान गरेर एमआरआई गरेर अरू के के गर्नुपर्छ टेस्ट गरेर ल्याउँछ’,उनले थपे ‘अनि के गर्नुपर्छ उपचार हुन्छ ।’

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved