सुनसरीमा २२ हजार मतदाता थपिए

  • पुस २२, २०७८
  • "सन्जोगबाबु दाहाल"
alt

धरान/ स्थानीय तहमै पुगेर मतदाता नामावली संकलन गर्न निर्वाचन आयोगले संचालन गरेको विशेष अभियान अन्तर्गत सुनसरीमा २२ हजार ६ सय ९३ जना नयाँ मतदाता थपिएका छन् ।

जिल्ला निर्वाचन आयोग सुनसरीले दुई चरणमा सम्पन्न गरेको मतदाता नामावली संकलन मंसिर १७ गतेदेखी पुष १९ गते सम्म संचालन भएको थियो । आयोगले सञ्चालन गरेको पहिलो चरणको मंसिर १७ गतेदेखी पुष २ गते सम्मको विशेष कार्यक्रम अन्तर्गत १० हजार ३ सय २४ जना मतदाता थपिएका हुन् ।

आयोगका अनुसार इटहरीमा ३ हजार ६ सय ६२, रामधुनीमा १ हजार ६ सय ६५, देवानगन्जमा ६ सय ६५, बर्जमा ७ सय ८१ र भोक्राहानरसिंहमा १ हजार १ सय ५० गरी कुल ७ हजार ९ सय २३ मतदाता थपिएका हुन् । पहिलो चरण अन्तर्गतनै विशेष अभियान चलिरहेको समयमा प्रशासन कार्यालयहरुमा २ हजार ४ सय १ जनाले नामावली दर्ता गराएका छन् ।

त्यसै गरि पुष १ गते देखि १९ गते सम्म भएको दोस्रो चरणमा १२ हजार ३ सय ६९ जनाले नामावली दर्ता गराएका छन् । दोस्रो चरणमा भएका जिल्लाका स्थानीयतह दुहवीमा १ हजार ५सय ९० जना, बराहक्षेत्रमा २ हजार १ सय ५९ जना, कोशीमा १ हजार ३ सय ८३ जना र गढीमा १ हजार ४ सय २८ जनाले नामावली दर्ता गराएका हुन् ।

दोस्रो चरणको समयअवधिमा विभिन्न प्रशासन कार्यलय मार्फत ५ हजार ८ सय ९ जनाले नामावली दर्ता गराएका थिए । सुनसरी जिल्लामा १२ वटा स्थानीयतह रहेका छन् ४ वटा निर्वाचन क्षेत्र रहेका छन् ।
निर्वाचन आयोगले देशैभरका ६ सय ३७ वटा स्थानीय तहको केन्द्रबाट पनि मतदाता नामावली संकलन शुरु गरेको हो । ७७ वटै निर्वाचन कार्यालय, ७७ जिल्ला प्रशासन कार्यालय र ४० वटा इलाका प्रशासन कार्यालयबाट भइरहेको मतदाता संकलन कार्यलाई निरन्तरता दिँदै मंसिर १७ गतेबाट स्थानीय तहको केन्द्रमा पनि नामावली संकलन गरिएको हो ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved