चिसो बढेसँगै वीपीमा विरामीको चाप बढ्यो

  • पुस १३, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ मौसम परिवर्तन भएसंगै बीपी कोइराला स्वास्थ्य वज्ञान प्रतिष्ठानमा विरामीको चाप धेरै बढ्दै गएको छ ।
चाप बढेकै कारण अहिले प्रतिष्ठानमा विरामीले सहज रुपमा उपचार पाउन पनि कठिनाई हुने गरेको छ । यो मौसममा पानीमा दुषित पदार्थ बढी हुने, ६० प्रतिशत विरामी चिसोकै कारण निमोनिया, भाइरल विरामी आउने गरेको पाइएको छ ।

अत्याधिक ज्वरो आउने, टाउँको दुख्ने, शरीर दुख्ने, शरीरका जोड्नी दुख्ने, विकनेश हुने, रिंगटा लाग्ने कसै कसैलाई वान्ता हुने विरामीहरु उपचारमा आउने गरेको चिकित्सकहरु बताउँछन् । यो मौसममा घाटी खस खस गर्ने र खोकी ज्यादा लाग्ने लगायतका समस्या बढी हुने गरेको चिकित्सकहरुको भनाई छ ।

गर्मी सकिएर जाडोको मौसम आएसंगै विशेष गरेर बच्चा र बृद्धबृद्धाको चाप अत्याधिक भएको उनीहरु बताउँछन् । चिसोका कारण बच्चामा निमोनिया तथा बृद्धबृद्धामा स्वासप्रश्वासको विरामी बढी आउने गरेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेडिसिन ओपिडीमा उपचारार्थ चिकित्सहरु बताउँछन् । प्रतिष्ठानका मेडिसिन विभागका चिकित्सक डा. दिव्यराज मिश्रले चिसोका कारण अधिकांश विरामीमा रुखा खोकी, निमोनिया लगायतका विरामी आउने गरेको बताए । उनी भन्छन्, ‘चिसो बढेसंगै फोक्सोको समस्या भएका दम, रुखा खोकी लगायतका विरामी बढेका चिसोकै कारण विगतको तुलनामा अहिले बच्चा वार्डमा धेरै बच्चाहरु निमोनिया, भाइरल ज्वरोका कारण आउने गरेको प्रतिष्ठाका बाल रोग विशेषज्ञ डा. अरुणकुमार सिंह बताउँछन् । यो समयमा बच्चाको स्याहार सुसारमा विशेष ध्यान दिनुपर्ने उनको भनाई छ । उनी भन्छन्, ‘चिसोको समय बच्चालाई बढी जोखिम हुने समय हो, यसबेला बच्चालाई चीसोबाट जोगाउनुपर्छ ।’

विगतमा दैनिक दुई हजारदेखि तीन हजारको हाराहारीमा प्रतिष्ठानमा उपचारका लागि आउने विरामीको संख्या बढ्दै गएको विल काउन्टरका कर्मचारीहरु बताउँछन् । काउन्टरका कर्मचारी धर्मेन्द्र राजबंशीले उपचारमा आएका विरामीमध्ये ७० प्रतिशत विरामी बच्चा र बृद्धा हुने गरेको बताए । उनले भने, ‘यहाँ आएका विरामी अधिकांश बच्चा र बृद्धा दम, रुखा, खोकी लगायतका समस्या भएर आउने गरेका छन् ।’

त्यसो त भाइरलले बच्चा र बृद्धालाई मात्र हैन युवा वर्गलाई समेत केही मात्रामा सताएको पाइएको छ । पछिल्लो समय उपचारमा आएका विरामीहरु महिनौ दिनसम्म थला परेर आएको बताउने गरेका छन् । चिसो भएसँगै दम रोगले सताउन थालेको मेडिसिन वार्डमा उपाचारार्थ ताप्लेजुङका विकास गुरुङले बताए । उनले भने, ‘चिसो हुने वित्तिकै आफूलाई समस्या हुने गरेको छ, मलाई गर्मी मौसममा भन्दापनि चिसो मौसममा श्वासप्रश्वासको समस्या हुने गरेको छ ।’
गर्मीबाट जाडो प्रवेश गर्ने होस वा जाडोबाट गर्मी प्रवेश गर्ने समय होस् यो मौसममा भाइरलका विरामीहरु बढ्ने गरेका छन् । यो मौसममा विशेष गरेर निमोनिया, रुघाँ खोकी, स्वासप्रश्सावको समस्या बढी हुने गरेको छ । यसबाट बच्च सावधानी बाहेक अर्को विकल्प नभएको चिकित्सकहरुको भनाई छ ।

मनसुनअघि झापा–लौकही ...

झापा/ झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म पूर्वपश ...

३२ औँ मदन–आश्रित स्म ...

काठमाडौं/ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का दिवंगत नेत ...

धरानमा दुर्व्यसन विर ...

धरान/ दुर्व्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्यले श ...

बारीबाट बजारसम्म, तर ...

धरान/पहिले–पहिले गाउँमा तरकारी त शहरमै हुने भन्ने ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved