नेपाल यातायात मजदुर संगठनको केन्द्रिय अध्यक्षमा धरानका भिम ज्वाला पुनः अध्यक्षमा चयन

  • पुस १०, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ११ औं राष्ट्रिय महाधिवेशनले पुनः भीम ज्वाला राईको नेतृत्वमा ४१ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मत रूपमा चयन गरेको छ ।

बुटवलमा पुष ८ गते देखि १० गते सम्म चलेको महाधिवेसनले उपाध्यक्षमा नवराज घिमिरे, जीतबहादुर मल्ल, विष्णु लामा, सुरेन्द्र साह, ठाकुर प्रसाद गैरे, महासचिवमा केशव थापा (निरु) उपमहासचिवमा देवी प्रसाद भट्टराई, विष्णु पराजुली, खगेन्द्र बहादुर ओली, सचिवमा सरस्वती रिजाल, शंकर थापा, टीका भट्टराई, विष्णुबहादुर खत्री र रामकुमार ढुंगानासहित ४१ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको हो ।
महाधिवेशनले ५ बुँदे प्रस्ताव पारित गरेको छ ।

संगठनका नवनिर्वाचित अध्यक्ष भीम ज्वाला राईले लगानीकर्ता र श्रमिकको लागि विशेष प्याकेज सहितको यातायात पुनर्स्थापना योजना ल्याउनुपर्ने बताए । उनले श्रमिकको पुनर्स्थापना र सुरक्षा, सडक दुर्घटना र सचेतना, दुर्घटनापछिको उपचारमा पहुँच, दुर्घटना र श्रमिकको सरोकार, कानुनी झमेला र सास्ती र यातायात प्राधिकरण हाम्रो अभियानको प्रस्ताव महाधिवेशनले पारित गरेको बताए । कोरोना महामारीले यातायात क्षेत्र धराशायी बनेको बन्दै राज्यले सार्वजनिक यातायात क्षेत्रको पुनस्र्थापना गर्न संगठनले माग गरेको छ ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved