एकसय ७१ वर्ष पछि गोर्खेमा भेटियो धनेस

  • पुस ८, २०७८
  • "भगीरथ भण्डारी"
alt तस्बिर ः वाइल्डलाइफ फोटोग्राफर देवेन खरेलले इलामको सूर्याेदय नगरपालिका–१, सिमढापमा खिचेका हुन् ।

इलाम/ इलामको सूर्याेदय नगरपालिका–१, गोर्खेको सिमढापमा होमराई धनेस (रिफुज नेक्ड हर्नबिल) भेटिएको छ । दुर्लभ पन्छिको रुपमा रहेको धनेस एकसय ७१ वर्ष पछि इलाममा भेटिएको हो । वाइल्डलाइफ फोटोग्राफर देवेन खरेलले तस्बिर खिचेपछि नेपालमा एकसय ७१ वर्ष पछि भेटिएको खुल्न आएको हो । गोर्खे सिमढापको करिब १ हजार ३ सय मिटर उचाईमा देशमै पहिलोपटक यो चरा क्यामेरामा कैद भएको खरेलको भनाई छ ।

उनले भने, ‘मैले पनि ४–५ वर्षदेखि खोजिरहेको थिए ।’ धनेश प्रजातिमा घाँटी रातो हुने यो चरा नेपालमा सन् १८५० यता देखिएपछि चरासम्बन्धी किताबहरूको पहिलो पृष्ठबाटसमेत यसको तस्बिर हटाइसकिएको छ । चरा भेटिएको सिमढाप भारतीय सीमाबाट करिब १२ किलोमिटरमा पर्छ ।

भारत लाटपन्चरमा फाट्टफुट्टमात्र देखिने यो चरा हत्तपत्त कसैले देख्नै नसकेको खरेलले जनाए । ’ नेपालमा ८ सय ८६ प्रकारका चरा पाइने गरेकामा देवेनले नै भेट्टाएको जंगली परेवा (ग्रिन इम्पाइरिकल प्रिजन) थपिएर यसको संख्या ८ सय ८७ पुगेको थियो । खरेलले जंगली परेवा झापाको मेचीनगर–७ मा फेला पारेको जनाईएको छ ।

‘विश्वमै दुर्लभ भइसकेको धनेस चरा नेपालको पूर्वी भागमा पाइने सम्भावना चाहिँ छ तर सन् १९०० को शताब्दीदेखि नै यो चरा नेपालमा देखिएको थिएन,’ खरेलले भने, ‘यो चरा विश्वबाटै हराएर जाने चराको सूचीमा छ, नेपालमा भेटियो भने यो निकै महत्वपूर्ण रहेको छ ।’

कोशी प्रदेश स्तरीय ओ ...

सुनसरी/ धरान बास्केटवल संघको आयोजना तथा कोशि प्रदेश खेल ...

दिगो खान पान दिवस ...

हरेक वर्ष जुन १८ मा विश्व दिगो खानपान दिवस मनाइन्छ। यो ...

दुहबीमा ११६ केजी गाँ ...

दुहबी/  सुनसरीको दुहबी नगरपालिका–४ मालह ...

 टिपरको ठक्करबाट बाब ...

विराटनगर/  विराटनगर महानगरपालिका–३ मा ब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved