नागरीकता बनाउन इलाका, हस्ताक्षर गराउन जिल्ला

  • पुस ६, २०७८
  • "भगीरथ भण्डारी"
alt

इलाम/ नागरीकता बनाउनका लागि इलाका प्रशासन कार्यलय मंगलबारे गए पनि हस्ताक्षर गराउन भने जिल्लामा नै पुग्नु परेको छ । इलामका प्रशासन कार्यलय मंगलबारेमा नागरीकतामा हस्ताक्षर गर्ने कर्मचारी नहुँदा नागरीकता बनाएर हस्ताक्षर गराउन जिल्ला पुग्नु परेको हो ।

इलाकामै नागरीकता बने पनि हस्ताक्षर गर्ने कर्मचारी नहुँदा सेवाग्राही समस्यामा परेका हुन । सबै कागजात पुरा गरी नागरीकता बनेपनि हस्ताक्षर गर्ने कर्मचारी नहुँदा त्यसै फर्कनु परिरहेको छ । इलाका प्रशासनमा नागरीकता बनाएर हस्ताक्षर गराउन जिल्ला प्रशासन ल्याउनु पर्दा स्थानीयले हैरानी व्यहोर्नु परेको छ । जिल्लाको इभाङ, गजुरमुखी, लुम्दे, फुएतप्पा, आमचोक फाकफोक, एकतप्पा, धुसेनी मंगलबारे, जितपुर लगाएतका ठाउँका बासीन्दाको नागरीकता बनाउन मंगलबारे पुग्नुपर्दछ । नागरीकता बनाएर हस्ताक्षर गराउन जिल्लामा गर्न ल्याउनु पर्ने भएपछि सम्पूर्ण कागजात पुग्दा एकै छिनमा बन्ने नागरीकता बनाउन हप्ता बित्ने गरेको स्थानीयले गुनासो गरेका छन ।

आवश्यक प्रक्रिया पूरा गरी इलाका प्रशासन कार्यलय मंगलबारेमा बनेको नागरीकता हस्ताक्षर गराउँनका लागि कर्मचारीले लिएर आउनुपर्ने हुन्छ । तत्कालै इलाम आएर हस्ताक्षर गराउन सम्भव नभएपछि चार पाँच दिनमा जिल्लामा आएर कर्मचारीले हस्ताक्षर गराएर लगपेछि मात्र नागरीकता पाउने हुँदा हप्तादिन सम्म कुर्नुपर्ने र दुई पटक सम्म आउनुपर्ने बाध्यता बनेको छ ।

बहिर जाने योजना बनाएका र टाढा टाढाबाट आएका सेवाग्राहीले बनेको नागरीकता आफैले लिएर जिल्ला प्रशासनमा आउने गर्दछन । मंगलबारेमा नागरीकता बनाएर हस्ताक्षर गराउन जिल्ला आउँदा कार्यालय समयमा आईपुग्न सकिएन भने थप समस्या हुने गरेको स्थानीयको दुखेसो छ । हस्ताक्षरनै नभएको नागरीकता सेवाग्राहीलाई दिएर पठाउँनुले झन संवेदनशिलतामा प्रश्न उठाएको सरोकारवाला बताउँछन । हस्ताक्षर गराउनका लागि लैजाने भनेर कसैले हस्ताक्षर नै नगरेको नागरीकता बोकेर सेवाग्राही घर हिनिदिए भने अझ समस्या हुने फाकफोकथुम गाउपालिकाका अध्यक्ष राम श्रेष्ठ बताउँछन । उनी भन्छन ‘गाउँपालिकामा धेरै जनाले नागरिकता बनाउन गएपनि हस्ताक्षर गर्ने मान्छे छैन भनेर गुनासो गर्ने गरेका छन ।’

आमचोक, कोल्भोटे एकतप्पा लगाएतका ठाउँबाट मंगलबारे आउने गाडि चल्दैनन र पाँच छ घण्टा हिनेर आउनु पर्छ र घरको सबै काम धन्दा मिलाएर एकदिन नागरीकता बनाउन आउँदा पनि नपाउँदा जनताले दुख पाईरहेको अध्यक्ष श्रेष्ठको भनाई छ । उनले थपे ‘नागरीकतामा हस्ताक्षर गर्ने कर्मचारी तत्काल उपलब्ध गराउनु परो हैन भने जिल्लाबाटै नागरिकता बनाईदिनु पर्यो एउटा नागरीकता बनाउनलाई जनतालाई दुख दिन हुँदैन ।’

प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले नागरीकतामा हस्ताक्षर गर्ने कर्मचारी नहुँदा जिल्लामै आउनु परेको बताए । उनले भने, ‘पहिले त्यहाँ भएका कर्मचारीको सरुवा भएपछि अर्को कर्मचारी नआएको हुँदा समस्या भएको छ, कर्मचारी आवश्यक रहेको भनेर माग गरिसकेको छौं, मैले यस विषयमा गम्बिर भएर लागिरहेको छु कोही सरुवा हुन खोजिरहेको छ भन्ने बुझे भने ल्याउनका लागि पहल गर्नेछु ।’ मंगलबारेमा नागरीकता बनाउने ठाउँबाट सोझै इलाम आउने यातायात भएको कारण मंगलबारे सम्म हिनेर आउनु पर्ने बाध्यता रहेको छ ।

कोशी प्रदेश स्तरीय ओ ...

सुनसरी/ धरान बास्केटवल संघको आयोजना तथा कोशि प्रदेश खेल ...

दिगो खान पान दिवस ...

हरेक वर्ष जुन १८ मा विश्व दिगो खानपान दिवस मनाइन्छ। यो ...

दुहबीमा ११६ केजी गाँ ...

दुहबी/  सुनसरीको दुहबी नगरपालिका–४ मालह ...

 टिपरको ठक्करबाट बाब ...

विराटनगर/  विराटनगर महानगरपालिका–३ मा ब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved