माउट मकालुद्वारा नयाँ बिद्यार्थीलाई स्वागत

  • पुस ३, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

रंगेली/ मोरङको रंगेली नगरपालिका ७ स्थित माउन्ट मकालु इंग्लीस बोडिङ स्कुलले कक्षा ११ का नयाँ विद्यार्थीहरुलाई स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
विद्यालयमा एक कार्यक्रमको आयोजना गरी कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई स्वागत तथा सम्मान गरेको छ ।

कार्यक्रमको प्रमुख अतिथि रंगेली नगरपालिका मेयर दिलिप वगडीया, विशिष्ठ अतिथि शिक्षा शाखा प्रमुख रबिन्द्र पंण्डित, बिद्यालयका प्रधानाध्यापक भक्तराज सुब्बा लगायतले नयाँ विद्यार्थीहरुलाई स्वागत गरेका थिए ।

स्थानीयस्तरमै कक्षा ११ र १२ को अध्ययन हुन थाले पछि बिराटनगर पुग्नुपर्ने बाध्यताको अन्त्य भएको मधु साहले बताईन । प्रमुख अतिथि बगडियाले सामुदायिक बिद्यालय तथा निजि बिद्यालयमा अध्ययन गरेर यस बर्ष एसईइ उर्तिर्ण विद्यार्थीहरुलाई केही साता भित्र साईकल बितरण गरिने जनाएको छ । बिद्यार्थीको हौसला बढाउनका लागि साईकल बितरण गरिन लागेको उनले बताए ।

रंगेलीमै कक्षा ११ को पठनपाठन गरि गुणस्तीय शिक्षा प्रदान गर्न बिद्यालयले आगामी दिनहरुमा अन्य विषयहरु समेत थप्दै अघि बढ्ने बिद्यालयका प्रिन्सिपल भक्तराज सुब्बाले बताए । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न गितहरुमा नृत्य तथा गायन प्रस्तुत गरेर अतिथिहरुलाई मनोरंजन समेत गराएका थिए ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved