‘देश लुटेराको हातमा छ’

  • मंसिर २६, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी/ सिंगो मुलुक लुटेराको हातमा रहेको आरोप लगाउँदै अखिल नेकपा एकिकृत समाजवादी पार्टीको युवा संघ नेपालका केन्द्रिय अध्यक्ष तथा पार्टीका केन्द्रिय सदस्य नरेश शाहीले अव लुटेराबाट देशलाई जोगाउने जिम्मेवारी युवा विद्यार्थीको हातमा आएकोे बताएका छन् ।

समग्र देश लुटेराहरुको कव्जामा रहेको आरोप लगाउँदै उनले देशको सम्पुर्ण सम्पत्ति हुने खाने र पहुँचबाला १० प्रतिशत नागरिकमा रहेको बताउँदै अध्यक्ष शाहीले नेपालीले चाहे जस्तो व्यवस्था फेरिए पनि विद्यि नफेरीएकोले पुन संघर्ष गर्नुपरेको औल्याए ।

नेकपा एकिकृत समाजवादी समर्थित युवा संघ नेपाल र अनेरास्ववियूको सुनसरी जिल्ला कमिटिको घोषणा कार्यक्रममा सुनसरीको झुम्कामा आएका शाहीले अहिलेको पुस्ताले देश र जनताको लागि राम्रा कामहरु गर्नुपर्ने बताउँदै इतिहाँसले व्यक्तिको भन्दा पुस्ताको खाता रहने बताए । सुनसरीलाई अखिलको जिल्लाको रुपमा चिनिएको स्मरण गराउँदै शाहीले अवको चुनावी नतिजाबाट पनि सुनसरीलाई चिनाउन युवा विद्याथीहरुलाई आग्रह गरे ।

युवा संघ नेपाल र अनेरास्ववियूले युवालाई उत्पादनसँग जोड्न चाहिरहेकाले विकसित देशको रणनितिको आधारमा युवालाई उद्यम र उत्पादनमा परिचालन गर्न निकट भविश्यमै कार्यक्रम ल्याउन लागि परेको शाहीको भनाई छ । उनले भने, ‘अवको चुनावमा युवाको हस्तक्षेप हुनुपर्छ, एकिकृत समाजवादीले चुनाव जित्नु भनेको गरिव, मजदुर र पिछडिएको वर्गले जित्नु सरह हो ।’
कार्यक्रममा अनेरास्ववियू सुनसरीका सचिव आशिष प्रधानले सन्चालन गरेको कार्यक्रममा नेकपा एसका सुनसरी अध्यक्ष गोविन्द निरौला, अनेरास्ववियूका केन्द्रिय सचिव सुमन कार्की, युवा संघका केन्द्रिय सचिव गौरिमान परियार, युवा संघ नेपालका केन्द्रिय महासचिव संजिव राई, प्रदेश एकमा मुख्य मन्त्री राजेन्द्र राईका स्वकिय सचिव तथा युवा संघ नेपाल प्रदेश नम्बर १ का सचिव संन्दिप राई, नेकपा एसका केन्द्रिय सदस्य केशव तिमल्सीना, अनेरास्ववियूका राजु दाम्सागँ लगायतले मन्तव्य राखेका थिए ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved