बस दुर्घटनामा १ जनाको मृत्यु २० जना घाईते

  • मंसिर १९, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt प्रतिकात्मक तस्वीर

सुनसरी/ कोशी गाँउपालिका ८ भाण्टाबरीमा बस दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने २० जना घाईते भएका छन् । मृत्यु हुनेमा बसका सह-चालक सिरहा धनगढी नगरपलिका ८ का २६ बर्षिय जिवस यादव रहेका छन् ।

शनिवार दिउँसो १ः३० बजे को १ ख ४९८८ नम्बरको बसले ओभरट्याक गर्ने क्रममा को १ ख ६३७५ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । दुर्घटनामा घाईते भएका यादवको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा दिउँसो २ बजे मृत्यु भएको हो ।

बस चालक सिरहा लाहान नगरपालिका ८ का अमित गुप्ता र ट्रक चालकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।

क्यान्सर बिरामीका ला ...

धरान/  धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञ ...

प्रेम सम्बन्धको तिक् ...

सिरहा/ सिरहाको गोलबजारमा प्रेम सम्बन्धको विवादले ह ...

प्रतिष्ठानमा उपकुलप ...

धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (ब ...

रसायनिक मल हिनामिना ...

ईटहरी/रसायनिक मल हिनामिनासम्बन्धी भ्रष्टाचार मुद्दामा व ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved