महालक्ष्मीद्वारा १ सय ४० कृषकलाई च्यापकटर वितरण

  • मंसिर १६, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धनकुटा/ गाईवस्तुलाई दिइने घाँस टुक्राउन उपयोगी रहेको मोटर सहितको च्यापकटर धनकुटाको महालक्ष्मी नगरपालिकाले पशुपालक कृषकहरुलाई वितरण गरेको छ ।
नगरपालिकामा औपचारिक कार्यक्रम गरेर कृषकहरुलाई च्यापकटर हस्तान्तरण गरिएको हो ।

नगर क्षेत्रका १ सय ४० पशुपालक कृषकहरुलाई ५० प्रतिशत अनुदानमा च्यापकटर वितरण गरिएको हो । कार्यक्रममा छुटेकाहरुलाई केही दिनभित्रै वितरण गरिने नगरपालिकाले जनाएको छ । कृषकहरुलाई पशुपालनमा प्रोत्साहन र सहजीकरण गर्न नगरपालिकाले अनुदानमा च्यापकटर प्रदान गरेको नगरप्रमुख पर्शुराम नेपालले बताए ।

कृषि पेशालाई समय अनकुल यन्त्र उपकरणको प्रयोगबाट सहज र सरल बनाउँन नगरपालिकाले सहयोग गर्दै आएको भन्दै नगर प्रमुख नेपालले आगामी दिनमा पनि कृषकहरुलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
च्यापकटरको बजार मूल्य प्रतिगोटा करिब ३५ हजार छ । नगरपालिकाले लाखौं रकम खर्चेर कृषकहरुलाई अनुदानमा च्यापकटर दिएको हो । महालक्ष्मी नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर कृषकहरुलाई सहयोग गर्दै आएको छ । कार्यक्रममा नगरपालिकाका उप–प्रमुख मञ्जु अधिकारी, वडा नं.१ का वडाध्यक्ष टेकबहादुर गुरुङ्ग लगायतले च्यापकटरको प्रयोगबाट कृषकहरुलाई निकै सहज हुँने विश्वास व्यक्त गरे । च्यापकटरबाट घाँस काट्न छिटो, छरितो र सरल हुँने भएकाले निकै उपयोगी हुँने
कृषकहरु बताउँछन् ।

क्यान्सर बिरामीका ला ...

धरान/  धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञ ...

प्रेम सम्बन्धको तिक् ...

सिरहा/ सिरहाको गोलबजारमा प्रेम सम्बन्धको विवादले ह ...

प्रतिष्ठानमा उपकुलप ...

धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (ब ...

रसायनिक मल हिनामिना ...

ईटहरी/रसायनिक मल हिनामिनासम्बन्धी भ्रष्टाचार मुद्दामा व ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved