दश तले सेन्ट्रल प्लाजामा मार्ट संचालन

  • मंसिर ८, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी/ दुई वर्षको कोरोना संक्रमणका कारण संचालन हुन नसकेको व्यवसायीक घरानाहरु बिस्तारै संचालनमा आएका छन् ।
संक्रमण शुरु हुन अगावै बनेको इटहरी चौंकमा रहेको सेन्ट्रल प्लाजाको पहिलो तलामा सेन्ट्रल मार्ट संचालन भएको छ । १० तले बिल्डिङ्ग रहेको सेन्ट्रल प्लाजाकै लगानीमा मार्टको औपचारिक उदघाटन मङ्सिर १३ गते भए पनि अनौपचारिक रुपमा भने संचालनमा आएको प्लाजाका कार्यकारी निर्देशक सिद्धार्थ श्रेष्ठले बताए ।

सेन्ट्रल प्लाजा मलमा एउटा डिपार्टमेन्ट स्टोर खोल्ने योजना भएता पनि अहिले मार्ट मात्रै संचालनमा ल्याएको श्रेष्ठको भनाइ छ । मलमा सिनेफ्लाक्स नामका २ वटा सिनेमा हलका साथमा सेमिनार हल र रेष्टुरेन्ट सहितको होटल बरण्डा, इलेक्ट्रोनिक्सका सामान, कपडा तथा कष्टमेटिक्स, मिठाइ पसल र कफी सप समेत भएको प्लाजा निर्माण गरिएको उनले बताए । डिपार्टमेन्ट स्टोर पनि चाहिन्छ भन्ने ग्राहकको माग समेत आएकोले त्यसलाई मूर्त रुप दिन सेन्ट्रल मार्टको आवश्यकता महशुस गरि संचालनमा ल्याएको निर्देशक श्रेष्ठको भनाइ छ ।

उनले भने, ‘मलभित्र आउने ग्राहकलाई सम्पूर्ण सेवा एकै ठाउँमा दिऔँ भन्ने हाम्रो स्थापनाकाल देखिको लक्ष्य भएता पनि साउनबाट यसको तयारीमा लाग्यौँ र अहिले सेन्ट्रल मार्ट तयार भएको छ ।’ मार्टमा खाद्यान्न, ग्रोसरी आइटम, लिकर (मदिरा) का साथै सफ्ट डिं«क्स र जुसहरु सुपथ मूल्यमा उपलब्ध हुने उनले बताए । इटहरीकै सुविधासम्पन्न १० तले मलभित्र खुलेको मार्टमा ५ हजारभन्दा बढी सामानका भेराइटीहरु उपलब्ध हुने बताइएको छ । मार्टको लागि सेन्टल प्लाजाले ४ हजार स्क्वायर फिटको ठाउँ छुट्याएको छ । ग्राहकको माग अनुसार सुपथ मूल्यैमै सामानहरु उपलव्ध गराउने मार्टको व्यवस्थापन पक्षले बताएको छ ।

संचालक श्रेष्ठका अनुसार मार्टमा लिकर्स (मदिरा) सहित सम्पूर्ण जुस आइटम, पानी र कोल्ड ड्रिंक्समा ५ प्रतिशत छुट दिएको छ । उद्घाटनको अवसरमा सेन्ट्रल मार्टले ५ प्रतिशत देखि २० प्रतिशत सम्मको छुट दिएको छ । मार्टले कम्तिमा एक हजार रुपैयाँको खरिद गर्ने ग्राहकलाई एक किलो नुन निःशुल्क दिने गरेको छ । साथै एक हजार पाँच सय सम्मको खरिद गर्ने ग्राहकलाई ७ सय ग्रामको फेना सर्फ निःशुल्क, २ हजार रुपैयाँ सम्मको खरिद गर्ने ग्राहकलाई १ किलो चिनी निःशुल्क र २ हजार ५ सय सम्मको खरिद गर्ने ग्राहकलाई आधा लिटर रिफाइन तेल निःशुलक दिने छुट योजना मार्टले सार्वजनिक गरेको छ ।

सेन्ट्रल मार्टले वार्षिक लक्कि ड्र अन्तर्गत एक जनालाई यामाहाको १२५ सीसी फ्यासिनो स्कुटर, दोस्रोमा वासिङ मेसिन र तेस्रोमा रेफ्रिजेरेटरसमेत दिने घोषणा गरेको छ । प्लाजाले पछिल्लो समयमा सेन्टल मार्टकै लागि २५ जनालाई रोजगारी दिएको छ । सेन्ट्रल प्लाजाले ग्राहकको माग अनुसार नयाँ नयाँ सुविधाहरु थप गर्दै जाने निर्देशक श्रेष्ठको भनाइ छ ।

क्यान्सर बिरामीका ला ...

धरान/  धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञ ...

प्रेम सम्बन्धको तिक् ...

सिरहा/ सिरहाको गोलबजारमा प्रेम सम्बन्धको विवादले ह ...

प्रतिष्ठानमा उपकुलप ...

धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (ब ...

रसायनिक मल हिनामिना ...

ईटहरी/रसायनिक मल हिनामिनासम्बन्धी भ्रष्टाचार मुद्दामा व ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved