पाँचवर्षको सेवा सुविधा भत्ता सामाजिक काममा

  • मंसिर ६, २०७८
  • "भगीरथ भण्डारी"
alt

इलाम/ स्थानीय तहका अधिकांश जनप्रतिनिधि जनताको दुःख भुलेर सुख सयलमा रमाउन तल्लीन छन् । नयाँ–नयाँ महँगा गाडी चढ्न तँछाडमछाड गरिरहेका छन । तालिमको नाममा चर्को भत्ता खाइरहेका छन् । गाउँमा हुने विकासका नाममा आफ्नै लगानीमा डोजर लगायत निर्माण सामग्री खरिद गरेर अनियमितता गर्ने र नातागोता र आफन्तलाई जागिर खुवाउन सक्रिय हुने उत्तिकै छन् ।
यस्ता क्रियाकलापले आफ्नैै मतदाता माझ धेरै जनप्रतिनिधि आलोचित भएका छन् । तर, यो भिडमा केही जनप्रतिनिधि यस्ता पनि छन्, जसले राज्यबाट पाउने तलबसुविधा नै लिएका छैनन् । केही जनप्रतिनिधिले कानुन बमोजिम पाएको तलबभत्ता र सुविधा पनि सामाजिक सेवामा खर्चिएका छन् ।

इलाम नगरपालिका ७ का वडाध्यक्ष नरेश श्रेष्ठले आफु जनप्रतिनिधि भएपश्चात जनताको सेवा गर्न आएको भन्दै सेवा सुविधा नलिने घोषण गरे । तर कानुनी प्रक्रिया अनुसार उनको खातामा जम्मा भएको पाँचलाख रुपैयाँ रकम सामाजिक काममा खर्चिएका छन । यतिमात्र होईन इलाम नगरपालिकाले वडाध्यक्षको लागि खरिद गरेको मोटरसाईकल पनि चडेनन । १२ वडा रहेका नगरपालिकाका ११ जना वडाध्यक्षले मोटरसाईकल चड्दा उनी अहिलेपनि आफ्नै मोटरसाईकलमा कुद्ने गर्छन । उनी भन्छन ‘हामि जनताको सेवा गर्न आएका हौ त्यसैले जनभावना अनुसार सेवा गर्नुपर्छ ’ ।

उनको सेवासुविधा वापत खातामा जम्मा भएको पाँचलाख रुपैयाँ मध्ये एक लाख रुपैया पालिकाको पार्टी कार्यलय व्यवस्थापन र विभिन्न चुनावको लागि सहयोग गरेको श्रेष्ठ बताउँछन । बाँकी रकम मध्ये दुई लाख रुपैयाँ इलाम बजारको माईस्थान मन्दिरमा रहेका परेवाका लागि चारो खरिद गर्न निर्माण भएको अक्षयकोषमा लगाए भने दुईलाख रुपैयाँ जिल्ला पार्टी कार्यलय निर्माणमा छुट्याएका छन । उनी नेपाली काँग्रेसबाट वडाध्यक्ष जितेका हुन । उनी २०४६ सालको विद्यार्थी आन्दोलनबाट राजनितिमा होमिएका हुन । नेपाल तरुण दल इलामका अध्यक्ष रहेका श्रेष्ठ यतिबेला नेपाली कांग्रेसको १४ औ अधिवेशनमा क्षेत्रीय सभापति पदकोे उमेद्वार पनि घोषणा गरेका छन ।

क्यान्सर बिरामीका ला ...

धरान/  धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञ ...

प्रेम सम्बन्धको तिक् ...

सिरहा/ सिरहाको गोलबजारमा प्रेम सम्बन्धको विवादले ह ...

प्रतिष्ठानमा उपकुलप ...

धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (ब ...

रसायनिक मल हिनामिना ...

ईटहरी/रसायनिक मल हिनामिनासम्बन्धी भ्रष्टाचार मुद्दामा व ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved