धरान÷सरकारको निर्णयमा नेपाल आयल निगमले गरेको पेट्रोलियम पदार्थको मूल्य विरुद्धर्मा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पाटीले गरेको बन्द आवहानले पूर्वको जनजीवन प्रभावित बनेको छ ।
बन्दको प्रभाव धरानमा समेत परेको छ । मंगलबार बिहानैदेखि धरानबाट चल्ने लामो दुरीको सवारीसाधानहरु चल्न सकेका थिएनन् भने भने शैक्षिक संस्थाहरु पनि बन्द भए । उद्योग, कलकारखाना, व्यापार व्यवसाय पनि आंशिक बन्द भएका थिए भने टेम्पो, सफारी र मोटरसाइकलहरु भने निर्वाध रुमा चलेका थिए ।
बन्दकै कारण धरानमा गन्तव्यसम्म हिडेका यात्रुहरु समेत अलपत्र परे । धरानको पूर्व पश्चिम राजमार्ग चल्ने सवारी साधन तथा कोशी पहाडी जिल्लामा चल्ने सवारी साधन नचल्दा उनीहरु भानुचौकमै अलपत्र परेका थिए् । इलामबाट धनकुटा हिडेका भएका सन्तोष लिम्बुले बन्द आवहानको सूचना नपाउदा इलामबाट धनकुटा पुग्न नपाई धरानमै अलपत्र परेर बस्नु परेको बताए । उनले भने–‘बन्द हुने कुरा नै थाहा भएन, इलामदेखि धरान आइपुगियो तर धरानमा आएर अलपत्र परियो ।’
यस्तै भनाई तेह्रथुम हिडेका काठमाण्डौका सरगम राईको समेत थियो । नाइट बसमा काठमाण्डौबाट धरान झरेपछि मात्र उनले बन्द भएको थाहा पाए । उनले भने–‘बन्द भन्ने कुरा थाहा भए म काठमाण्डौबाट हिड्दिन थे । बन्द खुलेपछि मात्र हिड्थे, अहिल धरानमा आएर अलपत्र परेर बस्नु परेको छ ।’
सरकारले पेट्रोलियम पदार्थको मूल्य अत्याधिक बढाएर जनताको ढाड सेक्ने काम गरेकोले विरोध स्वरुप बन्द गर्नुपरेको विप्लव नेतृत्वका पार्टीका केन्द्रीय स्तरका नेता हर्क लिम्बुले बताए । उनले भने–‘सरकारले एक महिनामा एक पटक मात्र हैन दुई दुई पटक पेट्रोलियम पदार्थको मूल्य बढायो, पेट्रोलियम पदार्थका मूल्य बृद्धि हुदा हरेक कुरा महंगी हुन्छ, यसले जनताको ढाड सेक्ने काम गरेको छ, मूल्यबृद्धि चाडो फिर्ता लिनुपर्छ ।’
बन्दका कारण कुनै अप्रिय घट्ना भने कही कतै नभएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले बताए ।