‘काम गरेर देखाउन एक कार्यकाल नै काफि छ’

  • कार्तिक ३०, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । देबेन्द्र लिम्बुु कुनैबेला बक्सिङका राष्ट्रिय खेलाडी थिए । बक्सिङ खेललाई विकास र प्रबर्धन गर्न उनी बक्सिङ सघंको केन्द्रिय सदस्य समेत भएर लागि परे । राजनैतिक विचारका हिसाबले नेपाली काङग्रेससँग जोडिएर उनी देश र जनताको समग्र हितका लागि युवाहरुको नेतृत्व आवश्यक ठानेर उनले नेपाल तरुण दलको नगरको अध्यक्ष भएर काम गरे भने अहिले नेपाल तरुण दलका केन्द्रिय प्रतिनिधि भएर अहिलेपनि काम गरिरहेका छन् ।

देशको समग्र विकासका लागि राजनीती मात्र हैन अहिलेको पुस्ताले चाहेको आवश्यकक्ता पूरा गर्ने र त्यो आवश्यक्ता बुुझ्ने नेतृत्व आवश्यक पर्ने ठानेर उनले नेपाली कांग्रेसको १४औ महाधिबेशन अन्र्तगत सुुनसरी क्षेत्र नम्बर १ को सचिव पदमा उमेदवारी दिएका छन् ।‘अग्रजको सम्मान गर्दै युवाको जोस र जागरलाई देशका निम्ती प्रयोग गर्ने संकल्प लिएर म चुनाबमा उठेको हो’ लिम्बुले भने अब नेपाली कांग्रेसमा पुस्ता हस्तान्तरण हुनुुपर्छ उनले भने ‘एक ब्यक्ति एक कार्यकाल’को निती अनुसार अगाडी बढ्नुु पर्ने मेरो मान्यता छ । म मेरो कार्यकालमा सही नेतृत्वले देशको विकास र आम नागरिकको स्तरबृद्धिमा कति प्रभाब पार्दछ भन्ने देखाउन चाहन्छुु ।

राजनैतिक पार्टीमा आबद्ध कुनै कार्यकर्ता वा युवाले अब विचार र सिद्धान्तलाई आत्मासथ गर्दै समाजका निम्ति समर्पित हुनुुपर्छ भन्ने मान्यतालाई म स्थापित गराउन चाहान्छुु उनले भने ।

नेपालको खेल क्षेत्रले विकासको फड्को मार्न नसक्नुको कारण पहँुचको र टीके राजनितीले हो, जब नीति निर्माण गर्ने ठाउँमा एउटा खेलाडी पुुग्छ अनि मात्र उस्ले खेल क्षेत्रको बारेमा सहित नीती बनाउन सक्छ यस कारण पनि मैले क्षेत्रिय सचिब पदमा उमेद्धारी दिएको हँुु उनको भनाई छ । नेपाली कांग्रेस भित्रका केही विवाद र गुुटहरुका सम्बन्धमा उनको आफ्नै तर्क छ ।‘ धेरै समूह देखिए पनि नेपाली काँग्रेसले चुुन्ने र चुनिने लोकतान्त्रिक विधिको उपयोग गरेकाले अहिले देखिएका विभिन्न समूहहरु गुट नभई लोकतान्त्रिक विधिको प्रयोगको सक्रियता हो’ उनले भने ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved