धरान–५ का जेष्ठ नागरिक सम्मानित

  • कार्तिक २५, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ समाजमा जेष्ठ नागरिकलाई धेरैले हेयको दृष्टिले गर्ने गर्छन् । धेरै जेष्ठ नागरिक समाजबाट मात्र हैन परिवारबाटै अपहेलित भएपनि वृद्धाआश्रममा बस्न बाध्य हुन्छन् ।
तर पछिल्लो समय सामाजिक संघ संस्थाले जेष्ठ नागरिकलाई सम्मान गर्ने परम्परालाई निरन्तता दिएका छन् । यो परम्पराले समाजमा सकारात्मक सन्देश प्रवाह भएको स्थानीयहरु नै बताउछन् ।
यस्तै सह्रानीय काम गरेको छ धरान उपमहानगरपालिका वडा नं. ५ तल्लो देउाीिको साम्याङ मार्ग उपभोक्ता समितिले । आफ्नो टोलमा रहेका जेष्ठ नागरिकलाई सम्मान गरेर अन्य टोलका संघ÷संस्थालाई पनि बृद्धबृद्धाप्रति गरिने सद्भावको मार्ग प्रदत्त गरेका छन् ।

देउसीभैलो खेलेर उठेको रकमले समाजमा केही काम गर्ने उद्देश्य राखेको समितिले यस बर्षको तिहारमा देउसी खेलिसकेपछि देउसी समापन कार्यक्रममा उनीहरुलाई सम्मान गरेको हो ।
सम्मान गरेकोमा जेष्ठ नागरिकसमेत हर्षित देखिन्थे । टोलकी ७५ बर्षीया दोर्जमाया कुलुङले समितिले सम्म्मान गरेकोमा खुशी लागेको बताइन् ।

उनले भनिन्–‘अब जीवन सकिन आँटेको जस्तो लाग्थ्यो, तर समितिले गरेको यो सम्मानले अझै बाच्न पाए हुन्थ्यो भन्ने आत्मबल बढेको बताइन् । उनले भनिन्–‘बृद्धबृद्धा भएपछि धेरैले दुःख पाएको मैले आफूले देखेको छु, तर आफैले यसरी सम्मान पाएकोमा धेरै खुशी छु ।’ कुलुङमात्र हैन अन्य जेष्ठ नागरिकसँगै सम्मानित हुने ७५ बर्षिय बुद्धमाया लिम्बुलाई पनि अत्यन्तै हर्षित मुद्रामा देखिन्थन् । उनले आफूहलाई सम्मान गरेकोमा धन्यवाद समेत प्रकट गरिन् । उनले भनिन–‘सम्मान पाएकोमा ज्यादै खुशी भएको छु, सम्मान गर्ने जस्ता फलोसफुलोस् ।’

समितिद्वले ७० वर्षभन्दा माथिका ६ जना जेष्ठ नागरिकलाई बुधबार एक कार्यक्रमका बीच सम्मान गरिएको हो । समितिा अध्यक्ष स्वर्णिमहाङ फम्बोले जेष्ठ नागरिक समाजका आदरणीय व्यक्तित्व भएकोले आफूहरुले सम्मान गरेको बताए । उनले भने–‘धेरैले जेष्ठ नागरिकलाई हेयको भावनाले हेर्ने गर्छन्, परिवारबाटै अपहेलित भएर वृद्धा आश्रममा बस्नुपर्ने बाध्यता भएको पनि धेरै देखियो, जेष्ठ नागरिकलाई हेयको भावनाले हैन सम्मानित भावनाले हेर्नुपर्छ भन्ने अभिप्रायले हामीले सम्मान गरेका हौ ।’

यी दुई जस्तै सम्मानित हुनेहरुमा ८५ वर्षीय बमबहादुर चेम्जोङ लिम्बू, ७७ वर्षीया लक्ष्मीदेवी लिम्बू, ७३ वर्षीया विष्णुमाया राई र ७० वर्षीया जुनकुमारी लिम्बूलाई पनि सम्मान गरिएको थियो ।

उद्घोषणकला तालिम सम् ...

धरान/बेलका नगरपालिका वडा नं. ९ को आयोजनामा सञ्चालित पाँ ...

धरान मेघा हिमालयनमा ...

धरान/ धरान १२ मा अवस्थित मेघा हिमालयन कलेजले राष्ट ...

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved