विश्वासको मत लिएपछि मात्र प्रदेश १ सरकार विस्तार गर्ने

  • कार्तिक २५, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt फाइल फोटो

विराटनगर । प्रदेश १ सरकारको विस्तार विश्वासको मत लिएपछि मात्र गर्ने तयारी गरिएको छ ।

मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिएर मात्र मन्त्रीमण्डल विस्तार गर्ने तयारी गरेका हुन । कात्तिक १५ गते राईले शपथ लिई चार मन्त्री र एक राज्यमन्त्रीको नियुक्ति गरेका थिए । पाँच दलीय गठबन्धनको सरकारलाई मन्त्रीमण्डल विस्तार गर्ने र भागबण्डा छिटो गर्नुपर्ने बाध्यता छ ।

राईले कात्तिक २६ गते विश्वासको मत लिने आन्तरिक तयारी गरेका थिए । तर, मंगलबारको लागि तय भएको प्रदेश सभा बैठक ३० गते सारिएको छ ।
नेकपा एकीकृत समाजवादीका सांसद उपेन्द्र घिमिरेले मुख्यमन्त्रीले छिटै विश्वासको मत लिने र मन्त्रिपरिषद विस्तार हुने बताएका छन् । घिमिरेका अनुसार मंसिर ३० गतेको बैठकमा विश्वासको मत लिने संभावना छ ।

विश्वासको मत लिनुभन्दा दुई दिन अघि नै प्रदेशसभा सचिवालयलाई जानकारी गराउनु पर्छ ।
प्रदेश १ मा नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र), नेकपा(एस), जसपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मंचको गठबन्धनको सरकार बनेको छ । प्रदेश सभामा विश्वासको मत लिन ४७ मत चाहिन्छ । गठबन्धनसंग ५० सांसद छन् ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved