सुनसरी एमालेको बैठकमा असन्तुष्ट पक्ष सहभागी नहुने

  • कार्तिक २४, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ नेकपा एमालेभित्रको विवाद समाधान भएको प्रचार बाहिर आएपनि जेष्ठ २ गते अघिको कमिटीका जिल्ला सदस्यहरुले वैठकमा सहभागी नहुने जनाएपछि अझै पनि विवाद कायमै भएको स्पष्ट भएको छ ।

बुधबार बिहान होटल ड्रिमल्याण्ड होटलमा भएको असन्तुष्ट पक्षहरुको भेलाले आधिकारिता नै नभएको बैठकमा आफूहरु सहभागि नहुने भन्दै विज्ञप्ती नै प्रकशित गरेपछि एमालेभित्र अन्तरद्वन्द्व झन झन चर्किदै गएको प्रष्ट हुन्छ ।

1 2

जिल्ला कार्य समितिमा रहेका लक्ष्मी बानिया, राजमणि निरौला लगायत ३२ जनाले विज्ञप्तीमा हस्ताक्षर गरेका छन् । हस्ताक्षरित विज्ञप्तीम, पाटीबाट सञ्चालन हुनुपर्नेमा सुनसरीमा भने व्यक्तिगत तजविजले सञ्चालन भएको, एउटा अराजक झुण्डले अन्तरपार्टी निर्देश १२ को निर्देशनलाई धज्जी उडाएको बताएका छन् ।

उनीहरुले यो वैटक आधिकारि नभएको बताउदै धरानबाट सहभागी नहुने निर्णय गरेको बताएका छन् । उनीहरुले प्रदेशको कार्यदलले रमेश बस्नेत अध्यक्ष भएको नयाँ कमिटीलाई आधिकारिकता दिएकोले सोही कमिटीले बोलाएको बैठकमा मात्र सहभागी हुने पनि निर्णय गर्दै वैठकमा नजाने बताएका हुन् ।

बैठकमा सहभागी जेठ २ कमिटीका धरान उपमहानगर सचिव राजमणि निरौलाले यो बैठक वैधानिक नभएकोले सहभागी नहुने भएको बताए । उनले उनले पार्टीलाई विधि, विधान अनुसार नचलाई व्यक्ति हावी भएको आरोप लगाए । उनीहरुले नेकपा एमाले सबैको पार्टी हो, पार्टीलाई सुद्धीकरणका लागि अन्तर संघर्ष गरेको बताए ।

एसईई आइडलको पाँचौँ स ...

धरान/फक्ताङ्लुङ मिडिया हाउस प्रालिको आयोजनामा शुक्रबार ...

दुना–टपरी र बात्ती ब ...

धरान/धरान–९ स्थित विष्णु मेमोरियल स्कूलले विद्यार ...

कोशी प्रदेश स्तरीय ब ...

धरान/ धरान बास्केटबल संघको आयोजनामा तथा कोशी प्रदे ...

‘एसईई स्पिकर–२०८१’ स ...

धरान/ एसईई दिएर फुर्सदमा रहेका विद्यार्थीहरूलाई सि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved