खोटाङ । खोटाङको दिप्रुङचुईचुम्मा २ का ६२ बर्षीया लिला देवि देवकोटाको रुखबाट लडेर मृत्यु भएको छ ।
बिहीबार दिउसो १ बजे घर नजिकै भोर्लाको पात टिप्ने क्रममा रुखबाट लडि घाईते भएकी उनको उपचारको लागी लैजान लाग्दा घरमै मृत्यु भएको थियो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।