तिहारमा माटोको दियोको विस्थापित हुँदै "झिलीमिली बत्तीको प्रयोग बढ्दै"

  • कार्तिक १९, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ तिहारका समयमा माटोका दियोको सट्टा झिलीमिली बत्तीको प्रयोग बढ्न थालेपछि माटोको दियोको प्रयोग विस्तारै हराउन थालेको छ ।
विगतमा विद्युतीय बत्ती नहुदा अत्याधिक विक्री हुने माटोको दियो विक्री हुन छाडेपछि व्यवसायीहरु समेत विस्तारै अर्को व्यवसायतर्फ विस्थापित हुन थालेका छन् ।

धरानमा विगत १० बर्ष भन्दा बढी माटामा सामाग्री विक्री गर्दै आउनु भएकी कौशिला चौधरीले तिहारको समयमा माटोका साामग्री विक्री नभए पनि अन्य बेला थोरे थोरै भएको विक्रील धान्ने गरेको बताइन । उनले तिहारमा दियोका प्रयोग प्राय ः शून्य भएपनि मरिमराउ, विभिन्न प्रकारका पूजा, पुराणमा प्रयोग भएकै कार्ण जसोतसो टिक्न सकिएको उनको भनाई छ । उनले भनिन्–‘सांस्कृतिक पर्वको रुपमा रहेको तिहारमा समेत विकृति बढ्दै गएको छ, परम्परागत सांँस्कृतिक पर्वमा आधानिकतातर्फ ढल्किदै जादा माटोको दियोको पनि प्रयोग हुन छाडेको हो ।’

चाडपर्व मनाउने तौरतरिकामा समेत आधुनिकतातर्फ उन्मुख हुदा दियोको साटो विद्युतीय बत्तीको प्रयोग बढ्दा आफूहरुको व्यवसाय धरासायी बन्दै गएको उनको भनाई छ ।

त्यसो त माटोको दियो भन्दा प्रयोग गर्न सजिलो, जोखिम कम हुने भएका कारण सर्वसाधारणहरु विद्युतीय बत्तीमा आकर्षित भएको बताउछन् ।

धरान ९का प्रज्ञा बस्नेतले हावापानीकोबाट पनि डर नहुने, घरमा दियोका कारण हुने विपत्ति पनि नआउने र चलाउन सजिलो भएकै कारण माटोको दियोको प्रयोग छाडेको बताइन् ।

उनले भनिन् ‘ माटोको दियो बाल्दा तेल थपिरहने झन्झट, आगो लागीका घट्ना हुनसक्ने सम्भवना बढी हुन्छ, विद्युतीय वत्ती बाल्न सजिलो, दुर्घटनाको जोखिम पनि कम हुन्छ ।’ उनले परम्परालाई धान्ने भन्दा पनि देखासिकी, विजुलीको पहुँच पनि जताततै पुगेका कारण पनि अहिले माटोको दियो विस्थापित भएको उनको भनाई छ ।

विगतमा नेपालमा बनाइएका माटाका सामाग्रीले नपुगेर भारतबाट समेत आयात गर्नुपर्ने अवस्था रहेको सुनाउने व्यवसायीहरुले अहिल भने विक्री हुनै छाडेपछि व्यवसाय नै परिवर्तन गर्ने सोचमा उनीहरु पुगिसकेका छन् ।

एसईई आइडलको पाँचौँ स ...

धरान/फक्ताङ्लुङ मिडिया हाउस प्रालिको आयोजनामा शुक्रबार ...

दुना–टपरी र बात्ती ब ...

धरान/धरान–९ स्थित विष्णु मेमोरियल स्कूलले विद्यार ...

कोशी प्रदेश स्तरीय ब ...

धरान/ धरान बास्केटबल संघको आयोजनामा तथा कोशी प्रदे ...

‘एसईई स्पिकर–२०८१’ स ...

धरान/ एसईई दिएर फुर्सदमा रहेका विद्यार्थीहरूलाई सि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved