इलामको आयुर्वेद औषधालयमा औषधी अभाव : चार महिना देखि सेवा ठप्प

  • कार्तिक १७, २०७८
  • "भगीरथ भण्डारी"
alt

इलाम । इलाम नगरपालिकाले सञ्चालन गरेको एकमात्र औषधालयमा आन्तरीक श्रोतबाट बजेट उपलब्ध नगराउँदा औषधीको अभाव भएको छ । औषधालयले उपलब्ध गराउने निःशुल्क औषधी नपाउँदा विरामी महंगो मूल्य तिरेर अन्यत्र खरीद गर्न बाध्य छन ।

औषधी अभावका कारण औषधालयबाट नियमित आयुर्वेदिक औषधी लिएर सेवन गरिरहेका करिब डेढसय बिरामी विगत ४ महिनादेखि औषधि पाउनबाट बन्चित भएका छन । इलाम नगरपालिकाको आयुर्वेद औषधालयमा उपचार तथा परामर्श लिनेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । तर औषधालयमा औषधी अभाव हुँदा विरामीले औषधी पाउन सकेका छैनन् । कोरोनाको जोखिम हुन नदिन तथा उपचारमा समेत आयुर्वेदिक औषधीको प्रयोगमा सर्वसाधारणको औषधालय प्रति आकर्षण बढ्दै गएको अवश्थामा औषधी अभावका कारण आवश्यकता अनुसार सेवाग्राहीलाई औषधी उपलब्ध गराउन नसकेको औषधालयका प्रमुख लालदेव मण्डलले बताए ।

औषधालयमा आर्थिक वर्ष २०७६÷०७७ मा १८ सय ७ जनाले सेवा लिएका थिए । गत आर्थिक वर्ष २०७७÷०७८ मा त्यो संख्या तीन हजार ६० पुगेको कार्यालयको तथ्याङ्क रहेको छ । औषधालयमा बालबालिकादेखि वृद्धवृद्धा उपचारका लागि आउने गरेपनि स्टोर खाली छ । आयुर्वेद औषधालय विभागबाट औषधालयलाई वार्षिक ३० देखि ३४ लाख रुपैयाँसम्म बजेट विनियोजन हुने गरेको भएपनि औषधी भने छैन । नगरपालिकाको ९ औ नगरसभाले नेपाल सरकारबाट आएको ससर्त अनुदानको ३४ लाख रुपैया बजेट विनियोजन भएको इलाम नगरपालिकाका सुचना अधिकारी राम शाहले बताए । उनले भने, ‘३४ लाख बाहेक अन्य स्रोत बाट रकम विनियोजन भएको छैन, औषधालयमा काम गर्ने कर्मचारी चार जना छन् उनीहरुको तलव पनी सोहि रकम बाट दिने गरीएको छ ।’

इलाम नगरपालिका मार्फत बजेट उपलब्ध गराइँदै आएको र उक्त बजेटबाटै कर्मचारीको तलब भत्तादेखि कार्यालय सञ्चालन, औषधि खरीद र अन्य कार्यक्रम सञ्चालन गर्दा बजेट कम हुने गरेकोे छ । आयुर्वेद औषधालयमा २३ प्रकारका औषधि पाउनु पर्ने भए पनि एक प्रकारको औषधि पनि नहुँदा सेवाग्राही प्रभावित भएका छन् । हाल विभागबाट आउने बजेट समेत आइनसक्दा औषधी खरीद गर्न नसकेकाले स्टोर अहिले रित्तो भएको औषधालयले जनाएको छ । औषधालयबाट नियमित आयुर्वेदिक औषधि लिएर सेवन गरीरहेका करीब डेढसय बिरामीले विगत ४ महिनादेखि औषधि पाउन सकेका छैनन् । औषधालयले ज्येष्ठ नागरिक लगायतलाई स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधि वितरण गर्दै आएपनि हाल फिजियोथेरापी सेवा भने सञ्चालनमा रहेको छ ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved