धरान। प्रदेश १ को मुख्यमन्त्रीमा रानेन्द्र राई नियुक्त भएका छन् । उनलाई मंगलबार प्रदेश प्रमुख सोनाथ अधिकारी (प्यास)ले संविधानको धरान १६८ (२) अनुसार नियुत्त गरेका हुन् ।
उनले मंगलबार (आजै) दिँउसो पद तथा गोपनियताको सपथ गह्रण गर्ने भएका छन् ।
निवर्तमान मुख्यमन्त्री भिम प्रसाद आचार्यले पदबाट राजीनामा दिएसगै सोमबार नै प्रदेश प्रमुखले नयाँ सरकार गठन गर्न आह्वान गरेका थिए ।
नेकपा एकीकृत समाजवादीका नेता राईले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीका गरी ४९ सांसदको हस्ताक्षरसहित बहुमतको मुख्यमन्त्रीका लागि दावी पेश गरेका थिए ।